कहिल्यै बोल्दैनन् सलमान र जुही, कारण यस्तो

मुम्बई (एजेन्सी) ।

बलिउडका सुपरस्टार सलमान खानसँग काम गर्न अहिले जो सुकै कलाकार आत्तुर हुन्छन् । उनको हिरोइन बन्नका लागी त हिरोइनहरुको लाइन नै लाग्छ । तर बलिउडको एक हिरोइन जो सलमान आफ्नो हिरो भन्दा नाक खुम्च्याएकी थिइन्, ति हुन् जुही चावला ।

यो कुरा सलमान बलिउडमा संघर्ष गर्दैगर्दाको समयको हो । त्यो समयमा जुही चावला र सलमान खान समकालिन कलाकार हुन् । त्यतिखेर जुही सलमान भन्दा हिट थिइन् भने सलमान संघर्ष गरिरहेका थिए । समकालिन कलाकार भएर पनि यी दुईले एउटै चलचित्रमा कहिल्यै काम गरेनन् । जुही बलिउडमा निकै चम्किएकी बेला एक निर्माताले उनी र सलमानलाई लिएर चलचित्र बनाउने योजना बनाएर पहिले अफर लिएर सलमानकहाँ पुगे । सलमानले सहजै स्वीकारे र त्यसपछि उनी जुहीकहाँ पुगे । जुहीले आफ्नो हिरो सलमान खान भन्ने सुन्ने बित्तिकै नाक खुम्च्याइन् र आमिर खानलाई चलचित्रमा हिरो बनाउन अफर गरिन् । उनको कुरामा निर्माता तयार भएनन् र जुहीलाई राजी गराउन पनि असफल भए ।

पछि योे खबर सलमानले थाहा पाए र निकै चित्त दुखाए । त्यसपछि कहिल्यै जुहीको हिरो नबन्ने कसम नै खाए । नभन्दै उनी कुनै फिल्ममा पनि जुहीसँग आजसम्म देखिएका छैनन् ।

यता जुहीलाई भने सलमानसँग काम गर्न अहिले पनि मन छ । यो कुरा उनी बेला(बेला प्रकट गरिरहन्छिन् । यो थाहा पाएर सलमानले जुहीलाई सँगै काम गर्ने अफर गरे । तर, हिरोइनका रुपमा होइन, उनको आमाको भूमिकामा । सायद उनी पुरानो घटनाको बदला लिन चाहन्थे । तर जुही सलमानको आमा बन्न तयार भइनन् ।