सुटिङमा पुरानो बुलेट

असार, काठमाडौं ।

केहि दिन अघिमात्रै निर्माण घोषणा गरिएको नयाँ चलचित्र ‘पुरानो बुलेट’को छायाँकन सुरु गरिएको छ । काठमाडौंका केहि दृश्य खिच्दै गएको शनिबार (असार १६) बाट  छायांकन शुरु गरिएको हो । क्रेजी इन्टरटेन्मेन्टको बन्ने यो चलचित्रको काठमाडौं छायाँकन सकेर निमार्ण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने बताइएको छ ।

सन्तोष राई कार्यकारी निर्माता रहेको यो चलचित्र भिषण राईले निर्देशन गर्दैछन् । अभिनेता अनुप विक्रम शाही, अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बू मुख्य भूमिका देखिनेछन् । उनीहरुसँगै चलचित्रमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतको अभिनय रहने छ ।

च्लचित्रमा अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईको लगानी रहनेछ । निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोषको कथारपटकथा, हरि घले लामाको छायाँकन, उत्तम जंग लिम्बू र जयन जे. वाइवाको संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे र उत्तमको चलचित्रमा स्वर र प्रशान्त तामाङको कोरियोग्राफी रहनेछ ।