असार, काठमाडौ ।

बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयमाथि एक अभिनेत्रीले सहमती बिना गर्भपन गराएको आरोप लगाएकी छिन् । महाअक्षयले विवाहको प्रलोभन देखाएको अभिनेत्रीले बताएकी छिन् । उनले दिल्लीको बेगमपुर थानामा महाअक्षयविरुद्ध ऊजुरी दिएको तर पुलिसले दर्ता नगरेका कारण अदालतको ढोका ढक्ढकाएको जानकारी दिइन् । रोहिणी कोर्टले महाअक्षय र उनकी आमा योगिता बाली विरुद्ध सोमबार एफआइआर दर्ता गर्ने आदेश दिएको छ ।

महाअक्षयको विवाह अर्की महिलासँग हुन लागेको छ । पीडितलाई गत महिनामात्र यसबारे जानकारी भएको वकिलले बताएका छन् । पीडितले थुप्रै पटक मिथुनलाई यसबारे जानकारी दिने कोसिस गरिन् तर उनकी श्रीमती योगिता बालीले धम्की दिएर चुप गराइन् । अदालतले योगितालाई पनि आरोपी बनाउने आदेश दिएको छ । पीडितले यसबारे कुरा गर्दा महाअक्षयले अभिनेत्रीको नम्बर ब्लक गरिदिए ।

नायिकाले सन् २०१५ मा महाअक्षयसँग पहिलो पटक भेट भएको जानकारी बताईन। उनका अनुसार शुरुशुरुमा उनीहरुबीच फोनमा कुराकानी हुन थाल्यो । महाअक्षयले एकदिन उनलाई चलचित्रमा रोल दिने भन्दै उनको फ्ल्याटमा बोलाको र नशालु पदार्थ मिसाएको पेय पदार्थ पिलाई दुष्कर्म गरेको बताएकी छिन् । त्यसपश्चात विरोध गर्दा महाअक्षयले बिवाह गर्ने बचन दिएका थिए । त्यसपछि लगातार तीन वर्षसम्म थुप्रै पटक शारिरिक सम्बन्ध बनाएको र गर्भवती हुँदा केही ट्याब्लेट पनि खुवाएको उनले बताईन र बिवाहको कुरा गर्दा कुण्डली मिलाइरहेको भन्दै थुप्रै पटक बिवाहको कुरा टार्ने गरेको उनले जानकारी दिइन् ।