‘बोबी’को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

असार, काठमाडौ ।

चलचित्र बोबी’को नयाँ गीत सार्वजनिक गरिएको छ ।  ‘अरे सुन‘’ बोलको गीतको भिडियो रोमान्टिक बनेको छ । भिडियोमा कविता गुरुङ र उमेश थापाको प्रेम देखाइएको छ । कविराज गहतराजको कोरियोग्राफी, बनिश शाहको सम्पादन, नवराज कृष्ण थापाको छायाँकन, प्रविशा अधिकारी र ताराप्रकाश लिम्बुको स्वर छ । गीतमा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुकै शब्द र संगीत छ । गीत नर्वेको सुन्दर ठाउँमा खिचिएको छ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेले लेखेका हुन् । चलचित्र सम्पदनमा अर्जुन जिसीको हात रहेको छ ।

चलचित्र चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो । चलचित्रमा  रुबी राणा शाह, विजय लामा, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, शिशिर राणा र बादल भट्ट लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको प्रर्दशन मिति असार २९ लाई तोकिएको छ ।

(भिडियो)