‘अदालत’को छायांकन सकियो

असार, काठमाडौं ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्मित चलचित्र ‘अदालत’को छायांकन सकिएको छ । चलचित्रमा निर्देशक दिनेश लिङ्देनको निर्देशन छ । निर्देशक लिङ्देनले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरणलगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश फिल्मले दिनेछ । ‘फिल्मको विषयबस्तु नै अपराधीलाई कारवाही गर्दै अदालतले कसरी पीडितलाई न्याय दिन्छ भन्ने सन्देश दिनेछ,’उनले भने,‘हामीले फिल्ममार्फत अदालतको न्याय प्रक्रियालाई देखाउन खोजेका छौं ।’ उनका अनुसार फिल्मको छायांकन उपत्यकाको विभिन्न स्थानमा गरिएको थियो ।

फिल्मका प्रस्तुतकर्ता हस्त लिवाङका अनुसार नेपाली समुदायको बाहुल्यता रहेको मुलुकमा फिल्मको प्रदर्शन गरिएपछि मात्र नेपालमा प्रदर्शन हुनेछ । निर्देशक दिनेशकै कथा रहेको फिल्ममा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरेको अभिनय छ ।

मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राईको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको द्वन्द्व, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक  निर्देशक र विक्रम डिसीको छायांकन छ ।