अक्षयको ‘ट्वाइलेट २’ बन्ने

असार, मुम्बई (एजेन्सी) ।

गतबर्ष प्रदर्शनमा आएको बलिउड चलचित्र ‘ट्वाइलेट–एक प्रेम कथा’को सिक्वेल पनि निर्माण हुने भएको छ । अक्षय कुमार अभिनित यो चलचित्रले बक्स अफिसमा राम्रो ब्यापार गरेसँगै सिक्वलको पनि निर्माण घोषणा गरिएको हो । अक्षयले आफ्नो ट्विटरमार्फत चलचित्रको घोषणा गर्दै लेखेका छन्, ‘अबको तयारी अर्को ब्लकबस्टर मिसन ‘ट्वाइलेट–२’ का लागि । यसपटक बदलिनेछ पूरा देश । चाँडै आउँदैछु ।’

अक्षय कुमारले एक सर्ट भिडियो पनि रिलिज गरेका छन्, जसमा उनले भनेका छन्,  ‘ट्वाइलेट’ त बन्यो तर कथा अझै पनि बाँकी छ । म चाँडै ’ट्वाइलेट’ को पार्ट २ लिएर आउँदैछु ।’ तर, उनले यस चलचित्रको बाँकी कलाकारलाई लिएर कुनै खुलासा गरेका छैनन् ।

अक्षयसँगै ‘ट्वाइलेट–एक प्रेम कथा’ मा भूमि पेडनेकर, दिव्येन्दु शर्मा, सुधीर पान्डे र अनुपम खेर मुख्य भूमिकामा थिए । २२ करोडमा बनेको यो चलचित्रले घरेलू बजारबाट १ सय ३४ करोड कमाएको थियो ।