वास्तविक कथा र पात्रको ‘बोबी’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बास्तविक कथामा निर्माण हुँने चलचित्रहरु धेरै छन् । नेपाली चलचित्रमा पनि थुप्रै वास्तविक कथामा बनेका छन् तर वास्तविक  कथा र त्यहि कथाका पात्रहरु चलचित्रमा देखिनु नौलो कुरा हुन्छ । कसैको वास्तविक जीवनको भोगाईलाई चलचित्रमा उतार्दा अन्य कलाकारहरुले अभिनय गरिदिन्छन् तर यहि असार २९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको वास्तविक कथामा निर्माण भएको नेपाली चलचित्र ‘बोबी’मा भने वास्तविक पात्रले नै अभिनय गरेका छन् ।

निर्देशक मिलन चाम्सले उमेश थापा र कविता गुरुङको जीवनका भोगाईहरु सुनेपछि चलचित्र बनाउने सोच राखेका थिए ।चलचित्रक्षेत्रका चलेका कलाकारलाई अभिनय गराउने सोंच राखे तर केहि कलाकारले समय दिन नभ्याउने भएपछि उनले उमेश र कवितालाई नै अभिनयका लागी अफर गरे तर उनीहरु त्यो कुरालाई मजाक सम्झेर मिलनलाई ठट्टामा उडाए । अन्ततः उनीहरुले नै चलचित्रका कडा मेहनत गरेर अभिनय गरेका छन् ।

‘हामीले पर्दामा देखाउँदा वास्तविक कथा र पात्र मात्र होइन, वास्तविक ठाउँलाई पनि देखाएका छौं, जहाँ कि, उनीहरुको पहिलो भेट भएको स्विमिङ पुल, मन्दिर जस्ता  सबै वास्तविक ठाउँ हुन्’: निर्देशक चाम्स

‘सुरुमा मिलन दाईले तिमीहरुले नै आफ्नै कथाको चलचित्रमा अभिनय गर्नुपर्छ भन्दा ठट्टा गरेको भनेका थियौं, सक्छु भन्ने लागेकै थिएन’, उमेशले आइतबार राजधानीमा राखिएको पत्रकार भेटघाट कार्यक्रममा भने । उनले अभिनय सिक्नका लागी कडा मेहनत गरेको बताए । ‘धेरै मेहनत गरेर फिल्डमा जाँदा पनि आँट आउँदो रहेनछ, कतिपटक त सुटिङ नै छोडेर हिडौं कि जस्तो पनि भएको थियो’, उनी थप्छन् । यस्तै कविताले आफुहरुको जीवतको दुखसुखको कथा आम दर्शकलाई देखाउन आतुर भएको बताइन् । उनले आफुहरुले भोगेका कुरा पर्दामा हेर्न आफुहरु आतुर भन्दा पनि अरुलाई देखाउन आतुर भएको बताइन् । ‘हामीले त भोग्यो तर हाम्रो कथा पनि अरुले देखोस् भन्ने कुरामा आतुर छु’, कविताले भनिन् ।

निर्देशक चाम्सले वास्तविक जीवनमा भोगेका कुरालाई केहिपनि परिवर्तन नगरी पर्दामा देखाइएको बताए । ‘हामीले पर्दामा देखाउँदा वास्तविक कथा र पात्र मात्र होइन, वास्तविक ठाउँलाई पनि देखाएका छौं, जहाँ कि, उनीहरुको पहिलो भेट भएको स्विमिङ पुल, मन्दिर जस्ता कुरा सबै वास्तविक ठाउँ हुन्’, चाम्सले भने । उमेश र कविता नेपालको एक बिपन्न परिवारमा जन्मिएका पात्र हुन् । उनीहरुले परिवारको अनुमति विना अन्तरजातिय विवाह गरेका थिए । प्रेमपछि जीवनमा भोगेका बिभिन्न दुख र सुखका कथा चलचित्रमा देखाइएको छ ।