टिजरमा हेर्नुस् ‘मिस्टर भर्जिन’

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> आउँदो भदौ १ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथामा निर्माण भएको यो चलचित्रको सार्वजनिक टिजरमा मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेल फिचर छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।</p><p style="text-align: justify; ">‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी। काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ&nbsp; गिरी रहेका छन् । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताको रुपमा&nbsp; सन्दिप उप्रेती रहेका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/L3dwGD8lLGY" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>