फुर्सदीला बने निखिलः मेलामहोत्सव र उद्घाटनमा भेटिन थाले

गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।

एक्शन अभिनेता निखिल उप्रेती लामो समय देश बाहिर बसेर फेरी नेपाली चलचित्रक्षेत्रमा फर्केका थिए । लामोसमय एक्शन चलचित्र हेर्न नपाएका नेपाली दर्शकले निखिलको अभिनय देख्न पाए । कुनैसमय निखिलको पोष्टर टाँसेकै आधारमा पनि दर्शक हलसम्म आउने गर्दथे तर अहिले त्यो समय रहेन । अहिले चलचित्रको कथा, मेकिङ देखी कलाकारलाई हेरेर दर्शक हलसम्म पुग्ने गर्छन् । त्यसैले निखिलको दशक अगाडीको क्रेज र अहिलेको क्रेजमा धेरै फरकपना आइसकेको छ ।

निखिलले पछिल्लो समय अभिनय गरेका केहि चलचित्रमा दर्शकको संख्या राम्रै देखिन्थ्यो भने केहि चलचित्र फ्ल्पको लिस्टमा समेत बसे । निखिलले पछिल्लो दुईबर्ष यता ‘भैरब’ ‘पिण्जडा ब्याक अगेन’, ‘राधे’, ‘रुद्र’, ‘संरक्षण’, ‘किंग’ लगायतका चलचित्रमा काम गरिसकेका छन् । एक्शन चलचित्रमा दर्शकको क्रेज बढ्ने देखिएपछि निर्माता तथा निर्देशकहरुले निखिललाई एकपछि अर्को चलचित्रमा अनुबन्धित गरे तर अहिले निखिललाई चलचित्रमा लिनका लागी निर्माता तथा निर्देशकहरुले धेरैपटक सोच्ने गरेका छन् किनकी युवास्टारहरुको अगाडी उनको क्रेज घट्दै गएको छ ।

केहिदिन अघि अभिनेता निखिल सामाखुसीस्थित एक नेवारी रेष्टुरेण्ट उद्घाटनमा भेटिए । फुर्सद भएकाले समय समयमा यस्तै कार्यक्रममा हिड्ने गरेको उनको भनाई थियो । उनले आफुलाई नेवारी खाना निकै मनपर्ने र रेष्टुरेष्ट सञ्चालकसँगको लामोसमय देखीको चिनजानका कारण पनि त्यसठाउँमा पुगेको बताए । ‘म कुनै कार्यक्रममा जानुप¥यो भने बिजी छु भनेर घरमै बस्दिन, कतिपय कलाकारहरुले त्यसतो पनि गरेको पाइन्छ’ उनी भन्छन् ।।

‘‘सामाखुसीस्थित एक नेवारी रेष्टुरेष्टको उद्घाटनमा भेटिएका अभिनेता निखिल उप्रेतीले अहिले कुनैपनि चलचित्रको काम नभएकाले केहि चलचित्रको स्क्रिप्टको अध्ययन गरिरहेका बताए । उनी चलचित्रबाट निस्किएको फुर्सदको समयमा निमन्त्रणा आएको मेलामेहात्सवमा जानेगरेको बताउँछन् ।’’

अहिले आँफू फुर्सदमा रहेको उनको भनाई थियो । उनले अहिले कुनैपनि चलचित्रमा काम नगरेको र केहि चलचित्रको स्क्रिप्ट अध्ययनमा रहेकोले फुर्सदमा भएको बताए । उनी फुर्सदको समय घरमै बिताउने गरेको बताउँछन् । ‘अहिले म फुर्सदमा छु, कुनैपनि चलचित्रमा ब्यस्त छैन, केहि चलचित्रको स्क्रिप्ट हेर्दै छु’, निखिलले भने । निखिलले केहि समयअघि बलिउडका कलाकारलाई लिएर ‘कमिटमेन्ट’ नामक चलचित्र निर्माणको घोषणा गरेका थिए । सुटिङ पनि सुरु भएको थियो तर बिविध कारणले अहिले सुटिङ रोकिएको छ, चलचित्र आउने या नआउने टुंगो छैन ।

फुर्सदको समय महोत्सवमा

निखिलले चलचित्रबाट निस्किएको फुर्सदको समयमा मेला महोत्सवमा पुग्ने गरेको बताए । कार्यक्रम आयोजकहरुले निखिललाई निम्ता गर्ने गरेको बताउँछन् तर उनी आफु मेला महोत्सवका लागी योग्य कलाकार नभएको बताउँछन् । ‘अन्य गायक गायिकाले गीत गाउँनुहुन्छ, कतिपय कलाकार डान्स गनुहुन्छ तर मलाई के आउँछर तै पनि बोलाउनुहुन्छ, समय मिलाएर पुग्ने गरेको छु ।’, निखिलले भने । यस्तै उनले दर्शकको अगाडी स्टेजमा उभिएमात्र पनि आयोजक खुसी हुने गरेको बताउँछन् । ‘स्टेजमा उभिएपछि केहि चलचित्रका सम्वाद बोल्ने गरेको छु, दर्शकले त जिम्नास्टिकको आशा गर्नुहुन्छ तर स्टेजमा त्यो सम्भव हुँदैन, चलचित्र जस्तो बाहिर हुँदैन’, उनले भने । निखिलको प्रतिस्पर्धिको रुपमा हेरिने अभिनेता बिराज भट्टको बारेमा प्रश्न गर्दा खुलेरै जवाफ दिए । महोत्सवमा एकैपटक दुईजना भेट हुनु भएको छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटै स्टेजमा फरक समयमा प्रस्तुती दिएका छौं । एउटै कार्यक्रम तर समय फरक, आयोजकले मिलाएको समयअनुसार जानुपर्ने हुन्छ, एकै समयमा परेको छैन ।’

धेरैले घमण्डी भन्छन्

निखिलले आफूलाई धेरैले घमण्डी भन्ने गरेको स्विकार्छन् । तर उनी आफुमा घमण्डीपना नभएको बताउँछन् । ‘सिधा प्रष्ट मान्छे हुँदा धेरैलाई घमण्डी लाग्दो रहेछ, म भित्र घमण्डी भन्ने शब्द नै छैन’ उनी भन्छन् । उनले अहिलेसम्म बिनाकाम कसैलाई पनि फोन नगरेको समेत बताए । ‘धेरैलाई अचम्म लाग्न सक्छ मैले अहिलेसम्म बिनाकाम केछ हालखबर भन्नका लागी मात्र कसैलाई फोन गरेको छैन, ममा त्यो बानी नै बसेन, काम छ भने फोन गर्छु नत्र गर्दिन, त्यसैलेपनि धेरैले मलाई घमण्डी भन्ने गर्नुहुँदो रहेछ ।’, निखिलले भने । उनले सबैसँग सम्बन्ध काम बिशेषकै हुनुपर्ने बताउँछन् ।