‘चि मुसी चि’ टिम पुर्वमा नायक नायिकाले देखाए डान्स

असार, धरान ।

चलचित्र ‘चि मुसी चि’ टिम यतिखेर पुर्वमा छ । प्रचारप्रसारका लागी देश दौडाहामा हिडेको चलचित्र टिमले पूर्वी नेपालको विर्तामोड र धरान शहरमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । कन्सर्टमा हजारौँको संख्यामा दर्शकको उपस्थिती थियो । ‘डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री र एमटिभी स्प्लिटभिल्लामा सहभागि अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । 'चि मुसी चि'का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले भव्य नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले चलचित्रको शिर्ष गीत गाउँदा दर्शकले अत्याधिक मनोरञ्जन लिएका थिए ।

प्रमोशनल कन्सर्ट हेर्न आएका दर्शकले चलचित्र प्रचारको स्टेजमा यति राम्रो प्रस्तुती पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिए । ‘चि मुसी चि’ चलचित्रका कलाकारहरु सबै उत्कृष्ट डान्सर समेत भएकोले पनि स्टेज भव्य देखिएको प्रतिक्रिया दर्शकको थियो । चलचित्र टीमले देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।

यो चलचित्र श्रावण ११ गते देशैभर रिलीज हुँदैछ । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।