असार ,काठमाडौ ।

केही समय अघि ट्रेलर सार्वजनिक गरेको चलचित्र 'झमक बहादुर'ले दुई पोस्टर सार्वजनिक गरेको छ । भारतिय चलचित्र 'मुम्बई एक्सप्रेस' को फोटोकपी गरेको भन्दै सो ट्रेलर चर्को बिवादमा परेको थियो तर यस चोरीको बिवादलाई निर्देशक भोमन कटुवालले नकारेका छन् । झमक बहादुर फोटोकपी नरहेको र नितान्त नेपाली परिवेश अनुसार चलचित्र बनाएको उनले बताए ।

चलचित्र कमेडी छ भन्ने बारे पोस्टरले बताएको छ । चलचित्रको मुख्य बिषयमा लुटपाट सुन तस्करी,र अपहरणलाई लिएको छ । चलचित्रमा अनुप विक्रम शाही, यादब देपकोटा (सरापे) राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भोमन कटुवालको निर्देशनमा बनेको चलचित्र मिनकुमार तामाङले निर्माण गरेका हुन् । चलचित्रमा राजु किरात राईको द्वन्द्व रहेको छ भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमको छायांकन रहेको चलचित्रमा ओम सुनारको संगीत रहेको छ । चलचित्रको प्रर्दशन मिती साउन १८ लाई तोकिएको छ ।

२९ असार २०७५, शुक्रबार ०९:३८