लागुभयो उपत्यकाका २० हलमा बक्स अफिस

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्रको आम्दानीको हिसाब किताब राख्ने बक्स अफिस उपत्यकामा लागु भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले उपत्यकामा बक्स अफिस प्रणालीको उद्घाटन गरे ।

राजधानीमा रहेका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा अब बक्स अफिस लागु हुनेछ ।  बाँकी रहेका केहिहलमा पनि छिट्टै नै बक्स अफिस सञ्चालनमा आउने बताइएको छ । कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले निर्माताहरुको लामो समयदेखीको दुखेसोको अन्त्य भएको बताए । उनले अब निर्माताहरुको घर–घडेरी डुबाउनु पर्ने दिन गएको बताए । उनले बक्स अफिस धेरै दबाब र बिवादका बिच लागु गर्न सफल भएको बताए । ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए । सपना साकार हुन्छ भन्ने प्रमाण यही हो’ उनी भन्छन् । यस्तै मन्त्री बाँस्कोटाले नेपाली टेलिभिजनमा बज्ने बिदेशी बिज्ञापनको पनि अन्त्य हुने बताए । उनले अब बिदेशी बिज्ञापनमा पनि नेपाली कलाकारहरुको अभिनय देख्न पाउने ब्यस्ता छ्टिटै नै आउने बताए ।

प्रत्येक सिंगल र मल्टिप्लेक्स हलमा कम्प्युटरजडिन भएपछि सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउने गर्छ । यसो हुँदा निर्माताले आफ्नो चलचित्रको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्नेछन् । नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेको भएता पनि सिंगल थिएटरमा यो प्रयोगमा थिएन । ‘बक्सअफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ । कार्यक्रममा नेपाली चलचित्रक्षेत्रसँग सरोकार राख्ने थुप्रै ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।