तीज म्यूजिक अवार्डको दर्ता आव्हान

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बिगत पाँचबर्ष देखी हुँदै आएको छायाँछवि तीज म्यूजीक अवार्ड यसबर्ष पनि हुने भएको छ । छायाँछवि क्रियशनले अवार्डको पाँचौं संस्करणका लागी तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।

प्रत्येक बर्ष तीज पर्वलाई लक्षित गरी ८ सय देखी १ हजारसम्म गीत निर्माण हुने गर्दछन् । तिनै तीजका श्रष्टाहरु पुरस्कृत, सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारी बताउँछिन् । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र २५ गते उक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए । छायाँछवि क्रिएसनले नै फिल्म बिधाको अवार्ड पनि दिँदै आएको छ ।