आर्टिष्ट खबर, साउन, काठमाडौं ।

यहि आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’ सेन्सर पास भएको छ । आइतबार चलचित्र सेन्सर बोर्डले ‘पिजि’ प्रमाण पत्र दिदै चलचित्र सेन्सर पास गरेको हो । यो चलचित्र हेर्न १६ बर्ष मुनिका बालबालीकाको लागि भने अभिभावकको साथमा चाँहिने छ ।

बिषयबस्तु र निर्माणको तारिफ गर्दै सेन्सर बोर्डले चलचित्र प्रदर्शनका लागि अनुमती दिएको निर्माता प्रशन्न गोपालीले बताए । ‘सेन्सरका कर्मचारीको प्रतिक्रियाले हामी उत्साहित भएका छौ’ निर्माता गोपालीले भने ‘बिना काटछाट चलचित्र पास भएको छ ।’ चलचित्रमा राक्षसको समेत क्रियसन गरिएकोले चलचित्रले पिजि प्रमाण पत्र पाएको उनले खुलाए ।

यहि शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको छ । चलचित्रका गीत संगीत अहिले चर्चामा छन् ।

नरेशकुमार केसीको निर्देशन रहेको ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टिको अलवा प्रज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तको समेत अभिनय देख्न सकिन्छ । प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएको चलचित्र लभ स्टोरी जनरामा निर्माण भएको हो ।

Related video:

७ श्रावण २०७५, सोमबार १२:१०