पशुपति शर्मा पहिलोपटक तीजगीतमा नाँचे (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौँ&nbsp; । </b></pre><p style="text-align: justify; ">गायक पशुपति शर्माले तीज गीत त धेरै गाएका छन् । अभिनय पनि धेरैमा गरेका छन् तर छमछमी नाँचेका भिडियो भने अहिलेसम्म देख्नपाइएको थिएन । यसपटक भने उनी तीजगीतको भिडियोमा मज्जैले नाँचेका छन् । यसपटक गायिका सम्झना भण्डारीसँग पशुपतिले भिडियोमा पनि नाँचेका हुन् । सम्झना र पशुपतिकै स्वरमा रहेको ‘यहि माया हो’ बोलको गीतमा दुबैजनाले मक्कर मर्काएका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">‘मैले भिडियोहरुमा बिभिन्न क्यारेक्टरमा अभिनय गरेका छु, तर यसरी मक्कर मर्काएरै नाँचेको थिइन, यो पहिलो भिडियो हो’, पशुपतिले आर्टिष्ट खबरसँग कुरागर्दै भने । उनलाई नँचाउन म्युजीक भिडियो निर्देशक प्रकाश भट्ट सफल भएका हुन् । ‘पशुपति शर्माको स्वर धेरै दर्शकले मन पराउनुभएको छ, अभिनय पनि निकै राम्रो गर्नुहुन्छ तर दर्शकलाई थाहा थिएनकी उहाँले नृत्य पनि राम्रो गर्नुहुन्छ, यो भिडियोबाट दर्शकले यो कुरापनि अब थाहा पाउनुभएको छ’ निर्देशक प्रकाशले भने । पशुपति शर्माकै शब्द र संगीत रहेको यस गीतमा कृष्ण बि.केको एरेञ्ज, राजेश घिमीरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियो पृथीबि इन्टरटेनमेन्टले बजारमा ल्याएको हो । यसगीत पशुपति र सम्झनाको यसअघि ‘बत्ति बाल्नै पर्दैन २’लाई दर्शकले अत्याधिक रुचाएपछि ‘बत्ति बाल्नै पर्दैन ३’ स्वरुप यसगीत बजारमा ल्याएका हुन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/W8Z68BOsJek" width="640" height="360" class="note-video-clip"></iframe><b><br></b></pre><pre style="text-align: justify; "><b>Video interview with Pashupati Sharma &amp; Samjhana Bhandari:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/g7olYLXo2TA" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>