आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

झण्डै दुईदशक अघि ‘ससुराली’बोलको गीत गाएर निकै चर्चामा आएका लोकगायक बद्री पंगेनीको स्वर ‘माइतीघर’बोलको तीज गीत सार्वजनिक गरिएको छ । गायक बद्री र गायिका सिता श्रेष्ठको स्वरमा रहेको उक्त गीतमा रमेश बि.जीको शब्द र कमल सरगमको संगीत रहेको छ । गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् भने यो गीतको राज क्षेत्री निर्माता हुन् ।

बिहिबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको यो तीज गीतको भिडियोमा अग्रह कलाकारहरु देख्न सकिन्छ । नेपाली नारीहरुको पर्व तीजमा दिदिलाई लिन भाईजाने परम्परा र दिदिभाईका दुखहरुलाई देखाइएको छ । एक भाई परदेशमा रहदाँ दिदि र घरकी आमासँगको सम्वाद यसगीतमा छ । भिडियो निकै मर्मस्पर्शि बनेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा गायक चन्द्र शर्माले पछिल्लो समय गीतहरु भब्य कार्यक्रम गरेर बिमोचन गर्ने परम्परा हराउँदै गएका बेला ‘माइतीघर’गीतमा उपस्थित हुनपाएको र गीत निकै राम्रो बनेको प्रतिक्रिया दिए । उनले तीजको समयमा नारीको बेदना यसगीतले बोलेको बताए । ‘यो तीजगीत साँच्चैनै तीजगीत भन्ने सुहाउने छ, यस्तै तीज बजारमा आउँदै गएमा नारीहरुको सम्मान हुनेछ’ शर्माले भने । यस्तै गायक पंगेनीले धेरैपछि राम्रो तीजगीत गाउनु पाएको बताउँछन् । ‘तीज धेरै गाइन्छ तर साँच्चैनै मनले खाने गीत निकै कम हुन्छन् जसमा यो एकगीत हो’, गायक पंगेनीले भने । यस्तै नवगायिका सिता श्रेष्ठले पनि अग्रज कलाकारहरुको सिर्जनामा गीत गाउँन पाउदा खुसी लागेको बताइन् ।

भिडियोमा रमा थपलिया, रमेश मट्टारे, रश्मी भट्ट, महेन्द्र गौतम लगायतले अभिनय गरेका छन् । भिडियो स्मृति तिमल्सिना ‘गुरु आमा’ले निर्देशन गरेकी हुन् । भिडियो सुजन शाहीले सम्पादन गरेका हुन् ।

video:

Related video:

११ श्रावण २०७५, शुक्रबार ०८:२२