बच्चाले लभगर्ने फिल्म बनाउँदैनन् सन्तोष

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पछिल्लो समय केहि चलचित्रमा बालप्रेम देखाउँदा चलचित्रले सफलता पाएका छन् । निर्माता सन्तोष सेन भने चलचित्रमा बालप्रेम देखाउन चाहादैनन् । उनले निर्माण गरेको नयाँ चलचित्र ‘मेरी मामु’मा मुख्य भूमिका बालकलाकार आयुव सेनको छ, तर उनले आमा र छोराबिचको प्रेमलाई चलचित्रमा देखाए । चलचित्रमा समावेश शीर्ष गीत पनि गएको शुक्रबार सार्वजनिक गरियो, जसमा आमा र छोराबिचको गहिरो प्रेमलाई देखाइएको छ ।

‘मैले चलचित्रमा बच्चाहरुको लभलाई देखाउँदिन, त्यस्तो गरेर चलचित्र हिट हुन्छ भन्ने मलाई लाग्दैन’ सन्तोषले भने । चलचित्रमा अभिनय गरेका बाल कलाकार ै आयुव निर्माता सेनक उनकै ७ बर्षिय छोरा हुन् । यस्तै गीत सार्वजनिक कार्यक्रममा चलचित्रमा काम गरिरहेका अन्य कलाकारलाई किन लिइएन भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा निर्देशक यम थापा भन्छन्, ‘चलचित्रका लागी धेरै बालकलाकारहरुको छनौट गरिएको थियो, त्यो मैले चाहिएको खण्डमा तस्बिरहरु देखाउन सक्छु, तर आयुवनै यो कथाका लागी उत्तम लागेर लिइएको हो ।’ यस्तै निर्देशक थापाले निर्माताका छोरा भएकै कारण चलचित्रमा लिइएको भन्नु गलत हुने बताए ।

सार्वजनिक गीति दृष्य हेर्दा कार्यक्रममा सहभागीको आँखा रसाएको थियो । गीतमा एउटा बालकले मृत आमालाई दगबति दिँदादेखि आमाको अभावसम्मलाई देखाईको छ । गीतको भिडियोमा आयुव सेनले आमा गुमाउँदाको अबोधपन र मातृत्व बिहिनताको आभाषसँगै एकलपनले उनलाई साह्रै सताउँछ । जुन पीडा पोख्ने माध्यम उनीसँग आँशु मात्र हुन्छ । यही आँसुले गीति दृष्यलाई शसक्त बनाएको छ । गीत सकिँदा जो कोहीलाई पनि आफ्नी आमाको महत्व र ममताको याद गराउँछ । आमाको मायाँमा डुबाउँछ । यी बालकले प्रसँसनीय काम यसमा गरेका छन् । मेरी आमा गीतका रचनाकार रबी मल्ल, संगीतकार कल्याण सिंह र गायक रोहित जोन क्षत्री हुन् ।

चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलता पछि निर्माता सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘मेरी मामुको यो शिर्ष गीतमा बाल कलाकार आयुव सेनसँगै सारुक ताम्राकार र कुसुम गुरुङको अभिनय देख्न पाईन्छ । यो चलचित्रमा अश्लेषा ठकुरी, भुवन चन्द लगायतको पनि अभिनय छ । पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायाँकन रहेको ‘मेरी मामु’को बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादनमा अहिले प्राविधिक कार्यचलिरहेको छ । चलचित्रको कथा निर्देशक थापाले नै लेखेका हुन् । चलचित्र आउँदो भदौ १५ मा प्रदर्शन हुँदै छ ।