रोमियो एण्ड मुनाः फिल्म राम्रो तर दर्शक आएनन्

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रोमियो एण्ड मुना’को आइतबार राजधानीको जय नेपाल हलमा स्पेशल शोको आयोजना गरियो । केहि चलचित्रकर्मि, आफन्त तथा चलचित्रकै कलाकारहरुले चलचित्र हेरे । चलचित्रको प्रतिक्रिया निकै राम्रो आयो । धेरैले नेपालमा यो प्रकारको चलचित्र बनेको छैन भन्दै बाहिर निस्किएको देखिन्थ्यो ।

शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको साथ भने पाउन सकेको छैन । हलहरुमा दर्शकको संख्या निकै कम छ । सिंगल तथा मल्टिप्लेक्स थिएटर दुबैमा दर्शकको साथ छैन, त्यसले गर्दापनि मिडियाको साथ पाउनका लागी चलचित्रको टिमले आइतबार बिशेष शो आयोजना गरेको थियो । चलचित्र हेरिसकेपछिको प्रतिक्रिया अधिंकाशको राम्रो छ तर दर्शकको साथ नपाउँदा चलचित्र निर्माण टिम अचम्मीत परेको छ । नायक बिनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्र पुर्णप्रेम कथामा आधारीत छ ।

आइतबार मिडियासँग कुरागर्दै नायिका सृष्टिले नेपालमा एकैप्रकारका चलचित्र हेर्ने बानीभएकाले पनि दर्शकको साथ नमिलेको हुनसक्ने बताइन् । फरक शैलीका चलचित्र हेर्ने बानी बिस्तारै बस्ने उनको भनाई थियो । यस्तै नायक बिनयले चलचित्रको ब्यापार एकैपटक धेरै नभएतापनि ‘माउथ पब्लिसिटी’ राम्रो भएकाले चलचित्रले बिस्तारै ब्यापार गर्नसक्ने विश्वास राखे । चलचित्र हेरिसकेपछि नायिका केकी अधिकारी र रिमा विश्वकर्माले अहिलेसम्म यो प्रकारको चलचित्र नहेरेको बताए । ‘यति राम्रो चलचित्रले ब्यापार गर्दैन भने कस्तो चलचित्रले ब्यापार गर्छ होला त ?’ रिमा भन्छिन् । यस्तै चलचित्र हेर्न निर्देशक तथा कलाकार दीपा श्री निरौला, नायक आर्यन अधिकारी लगायत जयनेपाल हल पुगेका थिए ।

नरेश कुमार केसी निर्देशीत यो चलचित्रमा बिनय र सृष्टिको साथमा नायिका सुष्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ ।

Video: