‘कहीँ कतै’मा ‘इनोसेन्ट’ युवती सिवानी

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

काठमाण्डौ । नव–कलाकार द्वय सिवानी गिरी र सोनम बरफुङ्गपा स्टारर चलचित्र ‘कहीँ कतै’ यही साउन २५ गतेबाट हलमा लाग्दैछ । सविर श्रेष्ठ निर्देशित यस चलचित्रलाई बोल्ड नायिकाको छवि बनाएकी उमा ‘बेबी’ गिरीले निर्माण गरेकी हुन् ।

सिवानी र सोनमको यस चलचित्रमा जोडी बाँधिएको छ । मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप समेत रहेकी  सिवानीले चलचित्रमा आउनु आफ्नो लागि ‘सपना’ रहेको बताइन् । उनी भन्छिन्, ‘सानैदेखि मलाई हिरोइन बन्ने चाहना थियो । ममी पनि यही क्षेत्रमा भएका कारण मलाई यो फिल्डमा आउन खासै गाह्रो भएन । अब आफ्नो ट्यालेन्ट देखाएर अगाडि बढ्छु ।’

उनलाई अचेल धेरैले आफ्नै ब्यानरबाट चलचित्रमा डेब्यु गर्नुको कारण सोधिरहेका छन् । सिवानी एउटा कलाकारको मुल्यांकन ब्यानरबाट नभएर अभिनयबाट हुने तर्क राख्छिन् । ‘म आफूमाथि भन्दा पनि दर्शकमाथि डिपेन्ट हुन चाहन्छु । दर्शकले ब्यानर हेर्नुहुन्न अभिनय हेर्नुहुन्छ’, उनले भनिन् ।

उनी ‘कहीँ कतै’ मा आफूले ‘इनोसेन्ट’ युवतीको भूमिका निर्वाहा गरेको बताउँछिन् । ‘मैले चलचित्रमा जति दिन सक्थे त्यति दिएको छु जस्तो लाग्छ’ उनले अगाडि भनिन्, ‘मैले वर्कशप पनि गरिनँ तर पनि राम्रो काम दिएको छु जस्तो लाग्छ ।’

दीलिप रायमाझी, उमा बेबी गिरी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको ‘कहीँ कतै’ मा अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।