नेपालका दुई लामाले पोर्चुगल तताउँदै, युरोपबाट सहयोग जुटाउँदै मिलन

गोपिकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

नेपालको गीतसंगीतको लोकगीत र आधुनिक गीततर्फका चर्चित  दुई गायकले पोर्चुगलका नेपाली दर्शकलाई नँचाउने भएका छन् । तामाङ समाज पोर्चुगलको आयोजनामा यहि ५ अगष्टमा हुन गहिरहेको सांगितीक कार्यक्रममा लोकक्षेत्रका मिलन लामा र आधुनिक क्षेत्रका राजु लामाले स्टेज तताउने भएका हुन् । कार्यक्रम ‘टाइम आउट मार्केट, लिस्बो’मा स्थानिय समय अनुसार साँझ ४ बजेबाट शुरु हुने बताइएको छ ।

दुई गायक लामा पहिलो पटक बिदेशको स्टेज कार्यक्रममा सँगै प्रस्तुती दिन लागेका हुन् । बिगत तीनदशक बढी समय नेपाली लोकगीतको क्षेत्रमै बिताएका मिलनका दर्जनौं गीतहरु हिट छन् । उनले ‘माझि दाई पोखरा फेवातालको’, ‘झल्को लाली ओठको’, ‘हङकङ आईडीले ’, ‘वेलकम वेलकम नेपाल’, ‘लालु पाते’ लगायतका दर्जनौं गीत त्यहाँस्थित दर्शकमाझ गाउने आर्टिष्ट खबरलाई टेलिफोनमार्झत जानकारी दिए । यस्तै मंगोलियन हार्ट गायक राजुले पनि आफ्ना चर्चित गीत ‘तिमीलाई देखेर’, ‘म माया लाउँदिन’, ‘बाँदलपारीको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’ लगायतका दर्जनौं गीत गाउनेछन् ।

सामाजिक कार्य ‘मिलन होम’

गायक मिलन लामाले बिगत केहिसमय देखी चितवनमा रहेका बिपन्न परिवारका लागी घर बनाइदिदै आएका छन् । ‘मिलन होम’ योजना अन्तर्गत उनले बिभिन्न बिपन्न सय परिवारलाई घर बनाइदिने योजना लिएर अघि बढेका छन् । अहिलेसम्म सातौं घर निर्माण गरिसकेका छन् । बिभिन्न सांगितीक कार्यक्रममा पुगेर उठेको रकम घर निर्माणमा लगाउँदै आएका छन् । उनलाई बिभिन्न सहयोगी मनहरुले पनि उनको योजनाका लागी सहयोग गरिरहेका पनि छन् । ‘जसको आर्थिकअवस्था निकै कम छ, बिहानबेलुका खानका लागी समेत धौधौ छ, उहाँहरुका लागी मिलन होम योजना अन्तर्गत घर निर्माण गरिदिदै आएको छु, अहिले सातों घर निर्माण भइसकेको छ, युरोपबाट फर्किना साथ त्यो घर हस्तान्तरण गर्नेछु’, मिलनले भने । मिलनले बिगत लामोसमय देखी सामाजिक कार्यमा हात हाल्दै आएका छन् । ०७२ सालमा गएको भूकम्प पछि अझबढी सक्रिए भएर निरन्तर सहयोगमा जुटिरहेका छन् ।

पर्यटनलाई जोड

गायक मिलनले जतिपनि बिदेशका कार्यक्रममा पुग्छन्, त्यहाँ नेपालको पर्यटनलाई जोड दिएका हुन्छन् । उनी पुग्ने देशहरुका नागरिकहरुसँग प्रत्यक्ष भेटेर नेपालको बिशेषताका बारेमा पनि जानकारी गराइरहेका हुन्छन् । उनले स्टेजबाटै पनि नेपालमा घुम्न जानका लागी आग्रह गर्छन् । उनले बिगत लामोसमय देखी गीतमार्फत पनि नेपालको पर्यटन प्रबद्र्धन गर्दै आएका छन् । उनलाई उनका कतिपय फ्यानहरुले सरकारले पर्यटन प्रबद्र्धन दूत बनाउनुपर्ने भन्ने जस्ता आवाज पनि उठाउँदै आएका छन् ।

मिलन पोर्चुगलको कार्यक्रम सकेर १२ अगस्टको कार्यक्रमका लागी इटाली जाँदैछन् ।