दुखेसो पोख्दै किशोरः बाटोमा चिया खाँदा के हुन्छ ?

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘कसले चो¥यो मेरो मन’बाट डेब्यु गरेका नायक किशोर खतिवडाले नेपाली चलचित्रक्षेत्रप्रति दुखेसो पोखेका छन् । नेपालमा कलाकारिता गरेर राम्रो लाइफस्टाइल बनाउन गाह्रो भएको बताएका छन् । गएको मंगलबार राजधानीमा उनी अभिनित एक चलचित्रको गीत रिलिज कार्यक्रममा उनले आफूभित्रका बेदना पोखेका थिए । उनलाई उपस्थित पत्रकारले किन चलचित्रबाट हराउनु भो ?, पछिल्लो समयका चलचित्रले राम्रो ब्यापार गर्न सकेनन् जस्ता प्रश्न तेर्साएका थिए । उनले थुप्रै प्रश्नहरुको सामना गर्न तयार भए । ‘म हराएको छैन, मैले काम गरेको १० देखी १५ वटा चलचित्र आउनै बाँकी छन् । काम भइरहेका छन्’, किशोरले उत्तर दिए ।

‘धेरैले तैंले बाटोमा बसेर चिया खान्छन् भन्नुहुन्छ, एउटा चलचित्रबाट कतिनै पैसा आउँछ र दरबारमार्गमा गएर ह्विस्की खानु ? मलाई देखावटी बनेर हिड्न आउँदैन’, किशोरले भने ।

किशोरले आफूलाई नायक भएरपनि लाइफस्टाइल परिवर्तन गर्न सकेन भन्नेहरुका लागी पनि कार्यक्रमबाटै उत्तर दिए । ‘धेरैले तैंले बाटोमा बसेर चिया खान्छन् भन्नुहुन्छ, एउटा चलचित्रबाट कतिनै पैसा आउँछ र दरबारमार्गमा गएर ह्स्किि खानु ? मलाई देखावटी बनेर हिड्न आउँदैन’, किशोरले भने । उनले अहिलेको समयमा चलचित्रबाट आउने पैसा निकै कम भएको बताउँछन् । उनले अहिले एक चलचित्रबाट ३ लाख लिने गरेको बताए । तर पछिल्लो समयको बजार महंगी अनुसार यो निकै सानो रकम भएको उनी बताउँछन् । ‘निखिल उप्रेती हिट भएको समयको कुरा गर्नेहो भने त्यो समयमा दाईले ३ लाख लिनुहुन्थ्यो अहिले बल्ल मैले ३ लाख लिन्छु, अहिलेको समयका लागी यो ठुलो रकम होइन ।’, किशोरले भने ।

किशोर सुरुवातमा निर्देशक बन्ने लक्ष्य लिएर यो क्षेत्रमा प्रवेश गरेका थिए । उनले निर्देशन बन्न नसकेर कलाकार बन्न पुगेको बताउँछन् । शुरुवातका दिनहरुमा केहि चलचित्रमा सहायक निर्देशक भएर काम गरेका उनी अहिले फाट्ट फुट्ट केहि चलचित्रमा निर्देशक भएर काम गरिरहेका छन् । ‘अहिले म ‘सुत्केरी’ नामक चलचित्र निर्देशन गरिरहेको छु, जसको ८० प्रतिशत छायांकन सकिसकेको छ । अब निर्देशनलाई पनि अगाडि बढाउने सोच छ ।’ उनी अभिनित नयाँ चलचित्र ‘कहिँ कतै’ यही साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा उनी उमा ‘बेबी’ गिरीसँग जोडीको रुपमा देखिएका छन् । यस्तै, असोज १९ गते चलचित्र ‘निर्जला’ रिलिजको पखाईमा छ । यसमा उनी शुभच्छा थापासँग जोडी बनेका छन् । समाचार हिमालय टाइम्समा प्रकाशित छ ।