आलियालाई उछिन्दै जाह्नवी, धडक १०० करोड क्लबमा प्रबेश

मुम्बई (एजेन्सी) ।

बलिउड स्व. श्रीदेवीको छोरी जाह्नवी कपुरको डेब्यु चलचित्र ‘धडक’ले १०० करोड भन्दा बढी भारतीय रुपैयाँको कमाइ गरेको छ । करन जौहरले ट्वीट गर्दै १०० करोड क्लबमा इन्ट्री गरेको जानकारी दिएका हुन् ।

करणले ट्विटरमा भनेका छन्, ‘धडकले संसारभरबाट दर्शकको मन जितेको छ। संसारभरबाट १०० करोड भन्दा बढीको कमाइ भएको छ। न्युकमर्सलार्इ लिएर बनाइएको चलचित्रले यसरी सफलता प्राप्त गर्नु सामान्य कुरा होइन । तिमीहरूप्रति गर्व छ जाह्नवी र इशान।’ जुलाई २० मा प्रर्दशनमा आएको धडकले ‘ओपनिङ डे’मा ८.७१ करोड भारतीय रुपैयाँको कमाइ गरेको थियो । प्रर्दशनको पहिलो हप्तामा संसारभरबाट ३३.७६ करोडको आँकडा दर्ता गर्न सफल भएको थियो भने प्रर्दशन भएको दोस्रो हप्तासम्ममा देशभरबाट ६३.३९ रुपैयाँ संसारभरबाट १०० करोडभन्दा बढी कमाइ गरेको हो ।

धडकले पहिलो दिनै आलिया भट्टको डेब्यु चलचित्र स्टुडेन्ड अफ द इयरको फर्स्ट डे रेकर्डलार्इ तोडेको थियो । यतिमात्रै होइन बलिउडमा कुनै न्युकमर कलाकारको पहिलो चलचित्रमध्ये सबैभन्दा कमाल कलेक्सन गर्ने चलचित्र धडक नै बनेको छ । धडक मराठी चर्चित चलचित्र  सैराटको हिन्दी रिमेक हो । यसको निर्माण करण जौहरको ब्यानरमा बनेको हो। चलचित्रमा जाह्नवी इशानका साथै आशुतोष राणाले पनि महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

यो चलचित्रले नेपालमा पनि राम्रो ब्यापार गरेको छ । अझैपनि नेपालका हलहरुमा ‘धडक’ हेर्ने दर्शकको नेपाली चलचित्रमा भन्दा बढी छ ।