गोविन्दको ‘लिभिङ टुगेदर’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

साहित्यकार गोविन्द गिरी प्रेरणाले आफ्नो पाँचौ उपन्यास ‘लिभिङ टुगेदर’ बजारमा ल्याएका छन् । आइतबार राजधानीमा एक कार्यक्रमका बिच अतिथिहरु राजनीतिज्ञ शान्ता चौधरी, साहित्यकार मोमिला, कलाकार दीपाश्री निरौला र लेखक पत्नी अंजु गिरी तथा लेखक गोविन्दले संयुक्तरुपमा उपन्यासको विमोचन गरे ।

कार्यक्रमा शुभकामना मन्तब्य दिँदै कलाकार दीपाश्री निरौलाले गोविन्द गिरीका साहित्यले प्रेरणा दिएको बताउँदै यो कृति छक्का पञ्जाको अर्को सिक्वेल बन्नसक्ने सम्भावना रहेको बताइन् ।  अतिथि शान्ता चौधरीले शुभकामना मन्तव्य दिँदै सुरुमा आफूलाई आफ्नो नाम लेख्न पाँच मिनेट लाग्नेमा अहिले आफूले किताब नै लेखेको बताइन् । अर्का अतिथि मोमिलाले साहित्यकार गोविन्द गिरी प्रेरणाका बारेमा जानकारी दिँदै उनको लेखन प्रवृत्तिका बारेमा बताईन् । लेखक प्रेरणाले पनि कार्यक्रममा बोलेका थिए । यो उपन्यास गोविन्द गिरी प्रेरणाको ३२औं कृति भएको ठाकुर बेलबासेले जानकारी गराए ।