मिडियासँग यसकारण भाग्छन् पुस्कल शर्मा

साउन, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतका चर्चित गायकहरुको नाम लिँदा पुस्कल शर्मापनि उत्कृष्ट पाँचभित्र नै पर्छन् । उनले गाएका धेरैजसो गीत हिट छन् । प्राय हँसाउने र नँचाउने भन्दा रुवाउने गीत गाउँने पुस्कलको सबैभन्दा हिट गीतमा ‘मुटु जलाई जलाई’ र ‘आउँछ्यों आउँदिनौं’ पर्छन् । यी बाहेक उनका ‘मुटु जल्छ मेरो, हितको परानी, फाट्यो रुमाल धुँदा’ पनि दर्शकले मन पराएका गीत हुन् ।

चट्ट जिउ मिलेका, कपाल र दाह्री पालेका पुस्कल आफ्नो भिडियोमा आफै अभिनय गर्छन् । उनले पछिल्ला समय फाट्फुट अरुको गीतमा पनि अभिनय गर्छन् । उनै पुस्कलले आजभन्दा दुईबर्ष एक गीत बजारमा ल्याए त्यो हो, ‘मुटु जलाई जलाई भाग ३’ । आफ्नो ‘मुटु जलाई जलाई’ गीत दर्शकले अत्यधिक मन पराएकै कारण भाग २ सम्म बजारमा ल्याइसकेका थिए पछि भाग ३ पनि सार्वजनिक गरे । भाग २ सम्मको उनको गीत सकारात्मक तरिकाले हिट थियो तर भाग ३ बजारमा सार्वजनिक भइसकेपछि निकै भाइरल हुनपुग्यो, त्यसको कारण थियो गीतको भिडियो । उनले उक्त गीतमा आफू मरेका कुराहरु राखेका थिए । भिडियोको मेकिङमा चर्चित गायिका कोमल वलीले पुस्कल शर्माको मृत्यु भएको छ भन्दै समाचार वाचन गरिरहेको र अन्य चर्चित कलाकारहरुले पुस्कललाई श्रद्धाञ्जली दिएको बनाइयो । त्यसले गर्दा धेरै दर्शक नराम्रोसँग झुक्किए अर्थात पुस्कलको साँच्चैनै मृत्य भयो भन्ने ठाने । गीत सार्वजनिक भएको अर्को दिनसम्म सामाजिक सञ्जालमा पुस्कललाई श्रद्धाञ्जली दिने फ्यानहरु प्रसस्तै थिए । भिडियोमा लोकगीत भनेर लेखिएको थियो तर दर्शककले त्यो सानो अक्षरको भने हेका राखेनन् ।

‘मलाई चाहिँदा कसैले सहयोग गरेनन्, अहिले अनलाइन मिडिया, टेलिभिजनहरुले आफूले पैसा कमाउनका लागी मेरो अन्तर्वाता लिन खोज्दा म किन दिउँ ?’: पुस्कल

मिडियासँग भाग्छन् पुस्कल

पुस्कलको ‘मुटु जलाई जलाई भाग ३’ बजारमा आएपछि अधिकांश मिडियाले पुस्कलको भिडियो मेकिङलाई राम्रो ठानेनन् । अन्य दर्शक तथा कलाकारहरुले पनि पुस्कल हिट हुनका लागी यस्तो गीत बनाए भन्न थाले त्यसपछि पुस्कल त्यस्ता ब्यक्ति तथा मिडियाप्रति रुस्ट भए । कसैले किन आफै मरेको भिडियो बनाउनु भयो भन्ने प्रश्न गरेमा पुस्कलले एक गीतमा कुनै ब्यक्तिको मुत्यु भएको देखाउँदा गलत कसरी हुन्छ भन्ने प्रतिप्रश्न गर्थे । अहिले पुस्कलले कुनैपनि मिडियाहरुलाई अन्तर्वाता दिन चाहान्नन् । त्यो समयमा सबैले आफ्नो बिरुद्ध समाचार लेखेको भन्ने ठान्छन् । ‘त्यो समयमा मलाई कुनै मिडियाले सपोर्ट गरेनन् अहिले किन उनीहरुका लागी मैले अन्तर्वाता दिउँ’ पुस्कलले हामीसँगको छोटो भेटमा भने । उनले आफूलाई मिडियाहरुबाट कुनैपनि साथ नमिलेको बताउँछन् । ‘मलाई चाहिँदा कसैले सहयोग गरेनन्, अहिले अनलाइन मिडिया, टेलिभिजनहरुले आफूले पैसा कमाउनका लागी मेरो अन्तर्वाता लिन खोज्दा म किन दिउँ ?’ पुस्कलले हामीसँग प्रश्न गरे । ल ठिकै छ, कुनै मिडियाप्रति तपाईको दुखेसो होला, तर सबै त्यस्तो छैनन् नि, कुनै टेलिभिजन, छापा मिडिया, रेडियोलाई त समय दिन सक्नुहुन्छ होला नि ? हाम्रो यो प्रश्नमा उनी भन्छन्, ‘मैले बिगत १ बर्षभन्दा बढी भयो कुनैपनि मिडियालाई समय नदिने निर्णय गरेको छु ।’ उनले बिशेषगरी आफूलाई बिभिन्न युट्युव च्यानलका लागी अन्तर्वाताका लागी धेरैले समय माग्ने गरेको बताउँछन् तर उनले आफ्नो अन्तर्वार्ता लिएर अरु कसैलाई पैसा कमाउन नदिने बताउँछन् । ‘बिशेष गरी युट्युवका साथीहरुले फोन गर्नुहुन्छ, त्यो त सिधै मलाई प्रयोगगरेर उहाँहरुले पैसा कमाउने होनि, त्यसैले उहाँहरुका लागी अन्तर्वाता दिन्न । तपाई त छापा मिडियाबाट हुनुहुन्छ आउँनुस् न एकदिन बसौं, तपाईलाई दिन्न भनेको होइन’ पुस्कलले हामीसँग भने ।

लोकदोहोरी गीतको क्षेत्रमा अन्यले लेखेको र संगीत भरेको गीत पुस्कलले निकै कम गाउँछन् । यदि गाइहालेभने पनि धेरे पारिश्रमिक लिएर गाउँने गायकमा उनी पर्छन् । पुस्कलले अहिलेको तीजपर्वलाई लक्षित गरी केहिदिन अघिमात्रै ‘हिरो’बोलको गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । जुन गीतको भिडियोमा आफैले अभिनय गरेका छन् । समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ ।