रणवीर कपुरले चासो नदिएपछि रणवीर सिंहको भाइको खोजीमा करण जोहर

मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित निर्देशक करण जोहरले पछिल्लो पटक चलचित्र ‘ए दिल हे मुश्किल’ पछि कुनै पनि चलचित्र निर्देशन गरेका छैनन् । हाल करन आफ्नो नयाँ चलचित्रको निर्देशनको तयारीमा छन् । जसमा मुख्य भूमिकामा रणवीर सिंह हुनेछन् भने उनलाई चलचित्रमा आलिया भट्ट र करिना कपूरले साथ दिनेछन् यी दुई अभिनेत्री दिदीबहिनीको भूमिकामा देखिने छन् । चलचित्रको नाम भने खुलाईएको छैन् ।

करनले निर्देशन गरिरहेको चलचित्र दुई दाजुभाइ र दिदीबहिनीको कथामा आधारित छ । यस चलचित्रमा रणवीर सिंहको सानो भाइ नकारात्मक भूमिकामा हुनेछन् । करन जोहरले पहिले रणवीर कपूरलाई भाइको रोलमा कास्ट गर्ने कुरो पक्का भइसकेको थियो तर पछि रणवीर कपूरले उक्त चलचित्रमामा खासै चासो नदेखाएपछि हाल करन चलचित्रको अर्को लिड क्यारेक्टरको खोजीमा रहेका छन ,जो चलचित्रमा रणवीर सिंह को भाइको भूमिकामा रहनेछन् ।

करन निर्देशन गर्दा चलचित्रको हरेक पक्षमा विशेष ध्यान दिएर, समय लगाएर फिल्म निर्देशन गर्ने निर्देशकहरुमध्येका एक हुन् । त्यसैले उनले निर्देशन गर्ने अधिकांश चलचित्रहरु सुपरहिट हुने गर्दछन् । उक्त चलचित्रको छायाँकंन अप्रिलदेखि  सुरु गरिने बताईएको छ ।