१५ बर्षपछि सन्नी देवल र प्रीति जिन्टा एक साथ पर्दामा देखिने

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री  प्रीति जिन्टा लामो समयको अन्तरपछि चलचित्र  ‘भैयाजी सुपरहिट’ मार्फत फेरी चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । उनले आफ्नो कमब्याक चलचित्रको फस्ट लुक सार्वजनिक गरेकी छिन्।

प्रीतिले मंगलबार इङ्स्टाग्राममार्फत् आफ्नो चलचित्रको फस्ट लुक सेयर गर्दै पोस्टर देखाएर ‘मित्रहरु,अनुमान लगाउनुहोस् यो के हो’  लेखेकी छिन् ।

पोस्टरमा प्रीति जिन्टाले बन्दुक समाइरहेको देखाइएको छ।  ‘भैयाजी कि धर्म पत्नी और गरम पत्नी, बात कम गोली ज्यादा ।’ यस भनाइबाट पनि प्रीति यो चलचित्रमा कडा खालकी पत्नीको भूमिकामा देखिँदैछिन् भन्ने अनुमान लगाउन सकिन्छ। चलचित्रमा सन्नी र प्रीतिका अलवा अरशद वारसी, अमीशा पोटेल मुकुल देव लगायतका कालकारको अभिनय रहेको छ।

जानकारीमा आएअनुसार यो एक हस्यप्रदान एक्सन चलचित्र हो, जसलाई निरज पाठकले निर्देशन गरेका छन्। यो चलचित्रमा १५ वर्षपछि सन्नी देवल र प्रीति जिन्टाले एक साथ काम गरेका छन्। चलचित्रमा सन्नीको दोहोरो भूमिका छ। फस्ट लुकमा भने प्रीतिलाई प्राथमिकतामा दिएको पाइनछ । अक्टोवरमा प्रर्दशनमा आउने यस चलचित्रको पोस्टरमा प्रीतिलाइ राखेर सन्नीलाई पोस्टरबाट हटाइएको छ ।