आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नवोदित कवयित्री डा. अस्मिता अर्यालद्वारा लिखित कवितासंग्रह ‘मनको तीरैतीर’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे कवि तथा गीतकारद्वय कालीप्रसाद रिजाल र बसन्त चौधरीले उक्त कविता संग्रह सार्वजनिक गरे । कार्यक्रम लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कवि तथा गीतकार कालीप्रसाद रिजालले कवि अस्मिताको काव्य विशेषता भनेकै उनले कविता लेख्दा मानिस भएर, छोरी भएर, प्रेमिका भएर, आम नागरिक भएर र डाक्टर भएर लेखको बताए । उनका कवितामा पाठकले निजत्व पाउँने उनको भनाई थियो । कवि तथा कार्यक्रमका सभापति बसन्त चौधरीले डा.अस्मिताको यस संग्रहमा परेको कविताले आजको पुस्ताको विचार, उनीहरूको भावना र अभीष्टलाई बुझ्न तथा मार्गदर्शन गर्न सफल भएको उल्लेख गरे । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. सावित्री कक्षपतिले उनका कविता सम्भावनायुक्त रहेको भन्दै उनका हरेक कविताले एउटा नयाँ पक्षको उद्घाटन गरेको बताइन् ।