<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायिका धन कुमारी थापा ‘सरु’ले सोमबार राजधानीको दरबारमार्गस्थित जुनकिरी दोहोरी क्लबमा एक कार्यक्रमका बीच ‘आमा बरी लै’ बोलको गीति भिडियो सार्वजनिक गरेकी छिन् । गोरख म्युजिक प्रा.लि.को प्रस्तुति रहेको आमा र छोरीको सम्बन्ध बोल्ने यस गीतमा बरिष्ठ गायिका बिमा कुमारी दुरा, गायक नरेश खाति, गायिका धन कुमारी थापा ‘सरु’ र शान्ति श्री परियारको स्वर समावेश छ । स्वयम गायक खातिको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा बरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’, मोडल दिपासा बिसी, कलाकार शर्मिला शर्मा, स्वयम सर्जक नरेश खाति र धन कुमारी थापाले अभिनय गरेका छन् । </p><p style="text-align: justify; ">गायिका सरुले विगत वर्ष जस्तै यो पटक पनि तीजको कोसेली दर्शक श्रोतालाई उपहार स्वरुप ल्याएको बताइन् । उनले अघिल्ला वर्षमा नाच्ने खालका गीत ल्याएपनि यो पटक भने रुवाउने गीत ल्याएकी छिन् । ‘धेरै छोरी चेलीको जीवनमा यो गीत मेल खाने प्रकारको छ । यो पटक गीतमा तीन पुस्ताकै सहकार्य गरेकी छु’, उनले भनिन् । बरिष्ठ गायिका बिमा कुमारी देखि कान्छी पुस्ताकी गायिका शान्ति श्री परियासम्मलाई सरुले अटाएकी छिन् । कार्यक्रममा गायक तथा समाजसेवी गोकुल अधिकारी, गायक, रचनाकार तथा मोडल सुजन लम्साल, गायक मेक्सम खाति लगायतका श्रष्टा तथा सर्जक उपस्थित थिए । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/uARSRxXbZhE" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p style="text-align: justify; "><br></p>