मगर संस्कृति झल्किने ‘शिरफूल’को ट्रेलर यस्तो बन्यो (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर, साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो मंसिर २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । लञ्च भएको छ । कमल एक्चै मगरले निर्देशन गरेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा मगर समुदायको संस्कृति झल्किएको छ ।&nbsp;</p><p style="text-align: justify; ">यसअघि चलचित्रमा समावेश ‘आज किन’ र शिर्ष गीत सार्वजनिक भइसकेको छ । चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र देवराज आले मगरको रहेको छ । चलचित्रका गीतमा आवाज आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको छ । चलचित्रको कथा देवराज आले मगरको रहेको छ । ‘शिरफूल’ लाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् । चलचित्रमा आशिर्वाद पुन मगरको लगानी रहेको छ ।</p><p style="text-align: justify; ">ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको बाहिर देशको शोको बारेमा पनि जानकारी दिइयो । अहिलेसम्म नेपालसँगै विदेशका १६ वटा देशका प्रमुख सहरमा प्रदर्शन हुने पक्का भएको बताइयो ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/kDefwmC5u1A" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>