बलिउड चलचित्र साइन गर्दै छोड्दै प्रियंका

मुम्बई/ एजेन्सी

निक सँगको सम्बन्धले प्रियंका चोपडा आजभोलि निकै चर्चामा छन् । प्रियंका हाल  बलिउडमा लगातार चलचित्र छोड्नेको लिस्टमा पर्छिन् । भन्सालीले  निर्देशन गर्न लागेको महिला ग्याङ्गस्टरमा आधारित चलचित्र ‘गंगुबाई कोठेवाली’मा मुख्य अभिनेत्रीका रुपमा भन्सालीले प्रियंकासँग कुरा गरेका थिए ।

प्रियंकाले त्यस रोलका लागि सकारात्मक प्रतिक्रिया दिएपछि चलचित्रको छायांकनका लागि अन्तिम तयारीमा रहेका भन्साली अहिले प्रियंकाले चलचित्रका लागि समय नभएको भने पछि अन्यौलमा परेका छन् ।  यस अघि पनि प्रियंकाले यसैगरी धोका दिएकी थिइन् । निर्देशक अलि अब्बास जाफरले निर्देशन गरेको चलचित्र  ‘भारत’बाट हात झिकेको खबर सेलाउन नपाउँदै उनले सञ्जय लीला भन्सालीको चलचित्र समेत छाडेकी छिन् ।

प्रियंकाको निकसँग छिट्टै बिवाह गर्न लागेका कारण उनले यसरी लगातार बलिउड चलचित्रहरु छोडेकी हुन भन्ने मानिएको छ ।  तर अर्कोतर्फ हलिउडमा समेत उनलाई केही आर्कषक अफरहरु आइरहेकोले उनले बलिउड चलचित्रलाई समय नदिएको हुनसक्छ भन्ने रहेको छ। हालै उनले एक हलिउड प्रोजेक्ट ‘काउ ब्वाय निन्जा भाइकिङ्ग’मा काम गर्ने पक्का भएको छ । हाल सोनाली बोस निर्देशित चलचित्र ‘द स्काई इज पिंक’मा फरहान अख्तरसँग अभिनय गर्ने लगभग पक्का भइसकेको छ । उनले चलचित्रका लागी कन्ट्रयाक्ट साइन गरिकेकी छिन् । तर यो चलचित्र पनि छोडदिनन् भन्न सकिन्न ।