आर्यन–श्रृष्टिको ‘बाँध मायाले’ शीर्ष गीत यस्तो बन्यो (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पनि संगीतकार पोखरेलले नै लेखेका हुन् । गीतमा स्वर भने सुगम पोखरेल र अन्जु पन्तले दिएका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।  भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

सविर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’को शीर्ष गीत सार्वजनिक कार्यक्रममा संगीतकार पोखरेलले यसगीतलाई पनि आफ्ना अन्य चलचित्रका गीतहरुजस्तै गरी दर्शक तथा स्रोताले मन पराइदिनेमा विश्वस्त रहेको बताए । अन्य गीतहरुमा भन्दा यसगीतमा एजेन्जको पाटो केहि बिग्रिएको हो भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा संगीतकार पोखरेलले यसरी प्रष्ट्याए, ‘यो गीतमा अन्य गीतमा जस्तो एरेन्जरले सजिलै छाडिदिनुभएको छैन । बढि गहिराईमा गएर एरेन्जको काम भएको छ त्यसैले झट्ट सुन्दा त्यस्तो लाग्न सक्छ, तर झन् राम्रो बनाउने कोशिस गरिउको हो ।’

चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रतास सेन, विशाल चाम्लिंगको अभिनय छ । यसै चलचित्रबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गरेका छन् । बाबु श्रेष्ठले खिचेको यो चलचित्रमा रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेका छन् भने महेन्द्र अधिकारी र केदार धिताल सह निर्माता हुन् ।

video: