फेसबुकको भिडियोलाई पनि अवार्ड

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पछिल्लो समय नेपालमा बिभिन्न अवार्डहरु आयोजना भइरहेका छन् । बिभिन्न संघसंस्थाहरुले चलचित्र तथा म्युजीक भिडियो अवार्ड गर्दै आएका छन् । महिनैपिच्छे अवार्ड समारोह भइरहेका बेला अर्को फरक अवार्डको आयोजना हुने भएको छ, त्यो हो ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ ।

चलचित्र, बृत्तचित्र, विज्ञापन चलचित्र तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ आयोजना हुने भएको हो । यो अवार्ड ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.ले गर्दैछ । आयोजक संस्थाका अध्यक्ष सवनम मुखियाका अनुसार लघु चलचित्र, बृत्तचित्र, जनचेतना मुलक बिज्ञापन र सोसियल मिडियामा आउने भिडियोहरु जस्ता विधामा यो अवार्ड हुने भएको छ । सर्ट फिल्म अन्तर्गत उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिने छ ।

यस्तै बृत्तचित्र अन्तर्गत उत्कृष्ट बृत्तचित्र, जनचेतना मुलुक बिज्ञापन अन्तर्गत उत्कृष्ट पिएसए एड बिधामा अवार्डका लागि प्रतिस्पर्धा हुने छ ।

यस्तै सोसियल मिडिया अन्तर्गत बेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल, बेस्ट युट्युव भिडियो, बेस्ट च्यालेन्जिङ न्युज लाईभ, बेस्ट इन्करेजमेन्ट म्युजिकली, बेस्ट ट्रोल र पब्लिक च्वाईस अवार्ड प्रदान गरिने भएको छ । शोशियल मिडियासँग सम्बन्धि एक विशिष्ट व्यक्ति र एकजना सिने सञ्चारकर्मीलाई सम्मानित गरिने पनि बताइएको छ ।

नेपालको पाहिलो महिला छायाँकार मुखियाले फारम र सम्बन्धित विधामा भाग लिने बृत्तचित्र, लघु चलचित्र, जनचेतना मुलक बिज्ञापन, युट्युव भिडियो आदि जम्मा भएपछि यसको अडिसन निस्कासनसँगै सोसियल मिडिया फिल्म अवार्डको अवार्ड प्रदान गरिने जानकारी गराएकी छिन ।