चुलियो करीनाको पारिश्रमिक

मुम्बई/ एजेन्सी

निकै लामो समयको विश्राम पछि चलचित्र  ‘वीरे दी वेडीङ्ग’ मार्फत करीना कपूर खानले  बलिउडमा कमब्याक गरेकी थिइन् । यस चलचित्र ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । यो चलचित्र हिट भएसँगै करीना कपूरको हातमा एक पछि अर्को गर्दै चलचित्रहरु आइरहेका छन् । अहिले उनलाई तीन वटा चलचित्रका लागि अफर आएको छ । यही कारण करीनाले उनको पारिश्रमिक बढाएकी छिन् ।

करीनाले अहिले २ वटा चलचित्रमा काम गर्ने बताइसकेकी छिन् भने तेस्रो चलचित्रका लागि कुराकानी अगाडी बढीरहेको छ । करीनाले साइन गरिसकेका चलचित्र मध्ये पहिलो अक्षय कुमारको समेत अभिनय रहने फिल्म ‘गुड न्यूज’ हो भने दोस्रो चलचित्र तख्त’ हो। दुईवटै चलचित्रका निर्माता करण जोहर हुन् । चलचित्र  ‘तख्त’ मा करीना कपूरका साथै रणविर सिंह, आलिया भट्ट, विक्की कौशल, जान्हवी कपूर र अनिल कपूरसमेत रहनेछन् ।

सन् २००७ मा प्रदर्शन भएको चलचित्र  ‘लाइफ इन अ मेट्रो’को सिक्वेलमा करीना र अर्जुनको जोडी हुनेछ । करीना र अर्जुन सन् २०१६ मा प्रदर्शित चलचित्र  ‘की एण्ड का’ मा एकसाथ अभिनय गरेका थिए । निर्देशक आर वाल्किको निर्देशनमा बनेको चलचित्र  ‘लाइफ इन अ मेट्रो’ को सिक्वेलको निर्देशन अनुराग बासुले गर्नेछन् ।

भारतीय मिडियाका अनुसार करीना कपूर खानले चलचित्र  ‘वीरे दी वेडीङ्ग’का लागि ७ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । अहिले करीनाले आफ्नो पारिश्रमिक १० करोड रुपैयाँ भएको बनाएकी छिन् ।