आर्टिष्ट खबर/भदौ,काठमाडौं

मिसेस नेपाल आईडलको तेश्रो सिजनको उपाधि श्रीजना श्रेष्ठले जितेकी छिन् । श्रीजनाले १६ प्रतियोगीलाई पछि पार्दै उपाधी सहित मस्ट ईन्टलिजिन्ट र मस्ट पपुलरको अवार्ड पनि हात पारिन् ।

बिगत ३ बर्ष देखी बिवाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन र गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्पर्धा गराउने र समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो रनरअप सिम्रन वाईबा घोसित भईन । उनले उपाधी सहित बेस्ट ट्यालेन्टको उपाधी पनि हात पारिन् । त्यस्तै दोश्रो रनरअप गंगा पौडेल घोसित भईन्, उनले उपाधी सहित मस्ट कन्फिडेन्सको उपाधी पनि प्राप्त गरिन ।

प्रतियोगीलाई कोरियोग्राफर हिमानी सुब्बाले १ महिना लामो प्रशिक्षण दिएकी थिईन् । प्रतियोगिताका निर्णायकका लागि चर्चित गायक एबं र्यापर निर्णय एन.एस.के, मिस नेपाल २००५ सुगारिका केसी, मिसेस मंगोल बिजेता धनमाया मगर थिए । कार्यक्रमक प्रमुख निर्णायकमा गायक, संगीतकार एबं साहित्यकार बुलु मुकारुङ रहेका थिए ।