चलचित्र छायांकनका लागि फ्लोरमा निस्किए ‘गोपी’ टिम

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

आइतबारबाट चलचित्र  ‘गोपी’ को छायांकन शुरु भएको छ ।  ‘गोपी’ टिम काठमाडौंको टोखाबाट चलचित्र छायांकनका लागि फ्लोरमा निस्किएको छ। सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘गोपी’मा बिपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य अभिनय रहेको छ ।  पहिलो चरणाको छाया‌ंकनमा भने अभिनेता  बिपिन सहभागी भएका छैनन्।  बिपिनको छायांकन भने सोमबार बाट मात्र सुरु हुने छ। यसअघि भदौ १ गतेबाट फ्लोरमा जाने भनिए पनि कलाकार परिवर्तन र अन्य विविध समस्याका कारण चलचित्र  ‘गोपी’  टिम भदौ ३ बाट मात्रै छायांकनमा जान सफल भएको छ। चलचित्रमा बिपिन कार्की र बर्षा राउतले  खगेन्द्र लामिछाने र वर्षा शिवाकोटीको ठाउँ ओगटेका छन् । खगेन्द्र र बर्षाको स्थानमा बिपिन र  बर्षाको आगमनपछि चलचित्र युनिट पूर्वनिर्धारित कार्ययोजना अनुसार छायांकनमा जान सफल भएको हो।  चलचित्र यहि बर्षको चैत १५ गते प्रदर्शन हुने बताइएको छ ।

चलचित्रको निर्माण घोषणादेखि छायांकनको अन्तिम तयारीसम्म चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने निश्चित थियो। तर क्रिएटिभ डिफ्रेन्सेस अर्थात सृजनात्मक मतभेदका कारण चलचित्रमा अभिनेता खगेन्द्र अटाउन सकेनन्। त्यसतै शुरुमा भनिएको वनलाइन स्टोरी सँग अपेक्षित क्यारेक्टर प्राप्त नभएको भन्दै अभिनेत्री वर्षा शिवाकोटी पनि चलचित्रबाट बाहिरिन पुगिन् ।