आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

दिलाशा न्यौपाने छैठौं ‘मिस नेपाल युएसए २०१८’ बनेकी छिन् । १६ प्रतियोगीलाई पछि पार्दै नेब्रास्का निवासी २४ बर्षियेले उपाधि हात पारेकी हुन् । उनले शिर्ष उपाधिका साथ मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात जितिन् । कार्यक्रम टेक्सस शहरमा १९ अगस्टमा सम्पन्न भएको थियो ।

प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी २२ वर्षिय पोसा घर्तीमगर चुँनिदा सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षिया कृति ढुंगेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटि, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन् । प्रतियोगीतामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दुत समेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड चुमिन् । यसैगरी अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे ।

सन् २०११ देखि अमेरिकाको न्युयोर्क शहरबाट सुरु भएको प्रतियोगीता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोस सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् । टेक्ससको डलास नजिकको शहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगीतामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागीता रहेको थियो । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठ लगायतको प्रशिक्षक बाट बिभिन्न प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिगार्ने जिम्बेवारी मञ्जु दुलाल(सापकोटा)ले गरेकी थिइन् ।

७ भाद्र २०७५, बिहीबार ०३:५९