आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

समाजमा घटेका आपराधिक घटनाहरुको बिषयमा टेलिभिजन सिरियल ‘क्राइम क्रश’ बन्ने भएको छ । सुवास केसी र प्रकाश बस्नेतको निर्देशनमा यो सिरियल बन्ने केहिदिन अघि पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।

केएसआर मुभिजको ब्यानरमा बन्ने यो सिरियल एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइयो । छायांकनको कार्य शुरु भएसँगै टेलिभिजनको निधो गरेर जानकारी दिने निर्देशक केसीले जानकारी दिए । सिरियलको स्क्रिप्ट रमेश बिसीले लेख्नेछन् । घोषणा कार्यक्रममा बिशेष अतिथि पूर्व डिआइजी राजेन्द्र सिग्देलले समाजमा घटेका आपराधिक घटना सिरियलमा देखाउँदा त्यस्ता घटना कम हुँदै जानेमा विश्वास राखे । साथै उनले निर्माण पक्षलाई पनि घटनाको बिषयमा गहिरो अध्ययन गरेर निर्माण गर्न सुझाव दिए ।

८ भाद्र २०७५, शुक्रबार ०६:५७