आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यसबर्षको गाईजात्रा आज (सोमबार)बाट शुरु भएको छ । हाँस्यकलाकारहरुले बिभिन्न ठाउँमा गाईजात्रा बिशेष कार्यक्रम आयोजना गरिरहेकाछन् । यसैबिच बर्षैपिच्छे नयाँ बानेश्वरमा गाईजात्रा बिशेष कार्यक्रम प्रदर्शन गर्दै आएको रेडियो अडियोले यसबर्षपनि गाईजात्रा बिशेष कार्यक्रमको आयोजना गर्यो । जहाँ हाँस्य कलकार देखी चलचित्रका नायक नायिकाहरुको पनि उपस्थिती थियो ।

सोमबार बिहान १० बजेदेखी शुरु भएको कार्यक्रम दिउँसो २ बजेपछि मात्र सकिएको थियो । कार्यक्रममा हाँस्य कलाकारका साथमा चलचित्र ‘रामकहानी’का नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले चलचित्रको ‘तिम्रो लागी म छु’बोलको गीतमा नृत्य गरेका थिए । उनीहरुसँगै चलचित्रका अन्य दुई कलाकार जितु नेपाल र केदार घिमिरेले पनि मक्कर मर्काएका थिए । स्टेजमा नायक आकाश चढ्दा दर्शकको आवाज निकै सुनिन्थ्यो । आकाश र पूजा भन्दा केहि अघि नै स्टेज चढेका केदार (माग्नेबुढा)ले आफुलाई भन्दा बढी आकाशलाई हुटिङ (हल्ला) आएको भन्दै हासो गरे । पुजाले नृत्य गरेसँगै ‘रामकहानी’ यहि भदौ २२ गते आउँदैछ भन्न भ्याइन् ।

‘रामकहानी’ सुदर्शन थापाले निर्देशन गरेका हुन् भने चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।

click here for video

११ भाद्र २०७५, सोमबार ११:५६