‘कस्मिक लभ’गीतः प्रसान्त–दियाले कम्मर मर्काए

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अहिले छायांकन भइरहेको चलचित्र ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक गरिएको छ ।&nbsp; ‘कोया कटरको’बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेलले कम्मर मर्काएका छन् । रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गटाङ्गको आवाज रहेको उक्त गीतमा संगीत भने बाबुल गिरिको रहेको छ । दिनेश सुबेदीको शब्द रहेको गीतलाई रविन शाहले कोरियोग्राफ गरेका छन् ।</p><p style="text-align: justify; ">मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको तथा सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रको छायांकन अब केहि प्रतिशत मात्र बाकी रहेको जानकारी&nbsp; निर्माण टिमले दिएको छ ।&nbsp; जय गौतम निर्माताको रुपमा रहेको चलचित्रमा&nbsp; कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निर्मातामा विकास सिंह पुजारी रहेका छन्। यस्तै फिल्ममा&nbsp; एस के अधिकारी तथा शेखर ज्ञवालीको संयुक्त लेखन रहेको छ भने,संगीत बाबुल गिरी तथा गीत एस के अधिकारी र दिनेश सुवेदीको रहेको छ ।</p><p style="text-align: justify; ">लभ स्टोरी जनरामा निर्माण&nbsp; भइरहेको यो चलचित्रमा&nbsp; बि एस बलामी तथा एस के. अधिकारीको निर्देशन रहेको छ । फिल्ममा प्रशान्त ताम्राकार,दिया मास्के,अर्पण थापा,रिजन थापा,पुजन थापा,रोबिन तामांग,राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनाल लगायतका कलाकारहरु अभिनय छ। फिल्म यहि तिहारको अवसर पारेर प्रदर्शन हुदैछ ।</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/nauQimbzdXA" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>