‘बाँध मायाले’को प्रश्नको उत्तर दिनुस् रिचार्ज लिनुस्

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो असोज ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाँध मायाले’ प्रचारप्रसारको काम अगाडी बढाएको छ । अन्य चलचित्रले भन्दा फरक शैली अपनाउँदै यो चलचित्रले सामाजिक सञ्जाललाई केन्द्र बनाएको छ ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र टिमले फेसबुकमा दर्शकका लागी चलचित्रसँग सम्बन्धित प्रश्न सोध्नेछ र उक्त प्रश्नको सहि उत्तर दिने मध्ये दुईदिनमा एक जनालाई पाँचसय रुपैंयाको रिचार्ज कार्ड प्रदान गरिनेछ । योक्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन् ।</p><p style="text-align: justify; ">लभ स्टोरी चलचित्र ‘बाँध मायाले’ सविर र रामहरी धिताल मिलेर बनाएका हुन् । निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्रमा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय रहेको छ ।&nbsp;&nbsp;</p>