बलिउडका दुश्मन के.आर.के ले ‘सेक्रेट सुपरस्टार’ को धज्जी उडाए ,उल्टै आत्महत्या गर्ने धम्की

मुम्बई (एजेन्सी) ।

बलिउडका दुश्मन नामले चर्चित कमाल आर खान (के.आर.के)ले आत्महत्या गर्ने धम्की दिएका छन् । पटक पटक बिवादमा आइरहने फल्प अभिनेता तथा निर्माता कमाल आर खानले ट्वटर अकाउन्ट बन्द भएको बिषयलाई लिएर आत्महत्या गर्ने धम्की दिएका हुन् । उनले बलिउडका अन्य कलाकारहरुको बिषयमा बाहिर ल्याउन नमिल्ने कुराहरु बोलिदिएर यो भन्दा अघि बिवादमा आएका थिए । हाल भने उनी चर्चित कलाकार तथा हिट भनिएका फिल्महरुविरुद्ध मुख खोल्न डराउँदैछन् । केही समयअघि उनले ट्विटरमा आमिर खानको चलचित्र ‘सेक्रेट सुपरस्टार’ को धज्जी उडाइदिएका थिए ।

त्यसपछि कसैले उनीविरुद्ध ट्विटरमा उजुरी गर्यो र ट्विटर इन्डियाले तत्काल एक्सन लिएर केकेआरको अकाउन्ट बन्द गरिदियो । उनीबिरुद्ध उजुरी गर्ने को थियो भन्ने प्रष्ट नभए पनि आमिर खानकै निर्देशनमा गरिएको अनुमान छ । ट्विटर अकाउन्ट बन्द भएपछि लामो समयसम्म मौन रहेका के आर के ले अन्ततः मुख खोलेका छन् । उनले आफूमाथि षडयन्त्र भएको बताएका छन् ।

‘पहिले उनीहरुले ममाथि लाखौं जरीवाना गराए र फेरी अकाउन्ट बन्द गरिदिए,’ विज्ञप्तिमा के आर के ले भनेका छन्, ‘यदि तुरुन्त मेरो अकाउन्ट खोलिएन भने म आत्महत्या गर्नेछु र त्यसको जिम्मेवारी तिमीहरुले लिनुपर्ने छ ।’