बृत्तचित्रमा ‘जोगी’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

पूर्बी पहाडमा प्रचलित फेरी लगाउने सस्कृती बृत्तचित्र ‘जोगी’मा देखिने भएको छ । । हार्दिक मिडिया प्रा लिको ब्यानरमा निर्माण भएको यो युवा निर्देशक दयाराम घिमिरेले निर्देशन गरेका हुन् । युवा पुस्ता हाम्रो समाज भित्रै रहेका कथा तथा सस्कृतीलाई सर्टफिल्म तथा डकुमेन्ट्रि बनाएर उजागर गर्नुपर्ने भन्दै घिमिरेले बृत्तचित्र निर्माण गरेको बताएका छन् । उनले जोगी समुदायमा प्रचलित फेरी लगाउने सस्कृतीलाई उजागर गर्ने अभियानका साथ अगाडी बढेको बताए । यसैबिच उक्त बृत्तचित्रको अफिसियल ट्रेलर पनि सार्वजनिक गरिएको छ ।

‘विश्वमा छरिएर बसेका नेपाली तथा बिदेशिलाई बिभिन्न फिल्म फेष्टिभल मार्फत नेपालको यो फरक र आश्चर्यजनक सस्कृती देखाउने उदेश्यका साथ यो बृत्तचित्र निर्माण गरेका हौं,  बर्षमा ३ पटक मध्यरातमा घर वरिपरि घुमेर शंख बजाउदै फेरी लगाउने अनि बिहान बिधि पूर्वक सिदा लिने परम्परा अझै गाउघर तिर प्रचलित नै छ, यहि कुरा बृत्तचित्रमा देख्न पाइनेछ’, निर्देशन मिघिरेले भने । बृत्तचित्रमा यो परम्परा कहिले देखि सुरु भयो, यो परम्पराको महत्व के कस्तो छ, आज पनि गाउा घरमा फेरी लगाउने जोगिलाई सम्मानपूर्वक सिदा तथा दक्षिणा किन दिइन्छ भन्ने देखाउन खोजिएको घिमिरे बताउछन् । ओमनाथ गोगी फिचरिङ यो बृत्तचित्रलाई रोनिश राउतले छायांकन गरेका छन् भने यो बृत्तचित्रका सहनिर्माता हरि उप्रेती हुन् । म्यूजिक भिडियो तथा बिज्ञापन निर्देशन हुदै डकुमेन्ट्रि निर्माण निर्देशन तर्फ हात बढाएका निर्देशक घिमिरे कान्तिपुर फिल्म एकेडेमिका सन्चालक समेत हुन् ।