इन्टिमेट सिनका कारण बिवादित ‘कथा काठमाण्डू’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र  ‘कथा काठमाण्डू’को अफिसियल ट्रेलर  सार्वजनिक  भएको छ । ‘रातको कुरा’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण बिवादमा आएको यस चलचित्रको ट्रेलर आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक  गरिएको हो । हाल काठमाडौँ भित्र घटिरहेका घटना अथवा मानिसहरु जीविकोपार्जन गर्नका लागि बाध्य भएर यौनधन्दामा संलग्न हुन्छन् भन्ने कुरालाई सार्वजनिक ट्रेलरले बोलेको छ । अभिनेत्री प्रियंकाले यौनधन्दामा संलग्न एक युवतीको भूमिका निभाएकी छन् ।

‘कथा काठमाण्डू’ संगीता श्रेष्ठको निर्देशन र लेखनमा बनेको छ । उनको भनाई अनुसार प्रियंका  र  प्रमोदको इन्टिमेट सिन कथाको माग अनुसार नै गीतमा राखिएको हो । आहाना फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको छ । विजय राईले निर्माण गरेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । लुजा सिंहको छायाङ्कन रहेको उक्त चलचित्रको प्रर्दशन मिति आउँदो असोज १२ गतेलाई तोकिएको छ ।

(भिडियो)