मुम्बई (एजेन्सी) ।

बलिउडका किङखान अर्थात शाहरुख खानका जेठा छोरा आर्यनखान हाल बलिउड डेब्यु गर्ने तयारीमा लागीपरेका छन्। उनले स्व: श्रीदेवीकी कान्छी छोरी खुसीसँग एक साथ चलचित्रमा काम गर्ने भएका छन्। श्रीदेवीकी जेठी छोरी जाह्नवी भने यसअघि नै चलचित्र धडकमार्फत बलिउडमा प्रवेश गरिसकेकी छन्।

शाहरुख हाल आर्यनलाई बलिउड डेब्यु गराउने तयारीमा जुटेका छन् । सुरुवात राम्रो भयो भने अभिनय सफर सहज हुन्छ भन्ने बुझेका शाहरुख छोराको डेब्यु भव्य रूपमा गर्न चाहन्छन्।

करण जोहर निर्देशित चलचित्रमा खुसी र आर्यन मुख्य भूमिकामा रहेर रोमान्स गर्ने भएका छन् । करणले खुसीलाई आफ्नो तर्फबाट तयार रहन भनिसकेका छन् । चलचित्रको नाम हालै सार्वजनिक गरिएको छैन। करनलेनै वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, जाह्नवी कपुरलगायत अन्य धेरै कलाकारलाई स्टार बनाएका छन् । करनले छोरा आर्यनलाई पनि स्टार बनाउछन् भन्नेमा शाहरुख बिश्वस्त छन् ।