दर्शक बेहास हुने गरी फिल्म प्रचार

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । बिभिन्न उपहार, रिचार्ज, बिदेश भ्रमणको अवसर, यस्तै गरी देशब्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रचार गरिरहेको पाइन्छ । यसैबिच आउँदो शुक्रबारबाट पनि ठुला मानिएका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘रोज’ र  ‘रामकहानी’ यहि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बुधबारमात्रै चलचित्र रोजले देशब्यापी कन्सर्ट सकाएको छ । एकसाता अघि पोखराबाट शुरुभएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो भने काठमाडौंमा गोंगबु र लगनखेलमा कन्सर्ट गरिएको थियो ।

रोज टिमले बुधबार गोंगबुस्थित बिएसआर फिल्म हल अगाडी कन्सर्टको आयोजना ग¥यो । थुप्रै दर्शक कन्सर्ट हेर्न पुगेका थिए । बिशेष गरी रोजका नायक प्रदीप खड्काका युवाफ्यान भएकै कारण युवादर्शक बढी देखिन्थे, त्यसमाथि पनि युवती अझ बढी । चलचित्रका नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम कन्सर्टमा सामेल भएका थिए । शुरुमा प्रतापले गीत गाउँदै गर्दा माहोल तातिएको थियो  । जब नायक प्रदीप खड्का स्टेजमा उत्रिए युवायुवतीले उधुम मच्चाउन थाले ।

प्रदीपले चलचित्र बारे स्टेजबाटै जानकारी दिदै थिए । युवतीहरु स्टेज तलबाट निकै हुटिङ गरिरहेका थिए । त्यसैबिच धेरै बेर अघि देखि घाममा निकै चिच्याईरहेकी एक युवती बेहोस् भइन् । रोजकै स्वयमसेवक र अन्यले उनलाई स्टेजको छेउ लगे र केहिबेर पछि होस् आयो । यस्तै एक युवाले प्रदीपको नजिक जान नदिएको भन्दै प्रहरी माथि नै हातपात गरे । हातपात गरेकै कारण प्रहरीले भ्यानमा राखेर चौकी पु¥यायो । यस्तै एक युवती जबरजस्ती गर्दै स्टेजमै आएर प्रदीपले बेस्सरी अंगालीन्, र निकै रोइन् । यस्ता थुप्रै फ्यानहरु गोंगबुको कन्सर्टमा देखियो । चलचित्रको प्रचारकालागी हिडिरहेको टिमले धेरै ठाउँमा यस्ता घटना बेहोर्दै हिडेको छ ।

यस बिषयमा नायक प्रदीपले भने दर्शकले आफूलाई भेट्दा खोज्दा सकेसम्म धेरे समय दिने गरेको बताउँछन् । ‘मैले मिलेसम्म धेरे समय दिने गरेको छु, म सँग एउटा तस्बिरमात्र भएर खिचाउँछु भनेर धेरेबेर देखी कुर्ने गर्नुहुन्छ, मैले इन्कार गरेभने उहाँहरुको मन दुख्छ त्यो बुझेको छु,’ प्रदीपले भने । प्रदीपले देशब्यापी कन्सर्टमा जादा पनि काठमाडौंमा जस्तै थुप्रै फ्यान दर्शक भेटेको बताए । उनले मोफसलका ६ शहरमा कन्सर्ट सकेर काठमाडौंमा अन्तिममा कन्सर्ट गरिएको बताए । टिमसँगै चलचित्रका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरपनि सँगै थिए । समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

video: