आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘जय भोले’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीवार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको उक्त ट्रेलरमा हास्य सम्वाद भरपुर पाइन्छ । कार्यक्रममा चलचित्रका थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो ।

१२ वर्षपछि चलचित्र निर्देशनमा फर्किएका अशोक शर्माले यो चलचित्र निर्देशन गरेका हुन् । उनले ट्रेलर सार्वजनिक गर्दै सञ्चतारकर्मिका थुप्रै प्रश्नका उत्तर दिएका थिए । बिशेषतः यो चलचित्र र अर्को हिट चलचित्र सिरिज ‘छक्का पन्जा ३’ एकसाथ आउने भएकाले यसैबिषयमा धेरै प्रश्न गरिएको थियो । दशैंको फूलपातीमा प्रदर्शनमा आJउने प्रवल सम्भावना रहेको यस चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा खगेन्द्रकै मुख्य भूमिका छ । साथै सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल लगायतको पनि अभिनय रहेको छ ।

१ करोड ६० लाख रुपैंयाको लागानीमा निर्माण भएको भनिएको यो चलचित्रले दर्शकको साथ पाउनेमा निर्देशक शर्मा आशावादी रहेको बताउँछन् । चलचित्र पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटीर कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

(भिडियो)

२२ भाद्र २०७५, शुक्रबार ०४:१३