‘भद्रगोल’ आजबाट टेलिभिजनमा प्रसारण हुने, युट्युव राईट्स भने परिवर्तन

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

केहि सातायता मिडिया हव र नेपाल टेलिभिजनबिचको सम्झौता सकिए लगत्तै प्रसारण रोकिएको टेलिसिरियल ‘भद्रगोल’ आज (शुक्रबार)बाट प्रसारणमा आउने भएको छ । मिडिया हव र नेपाल टेलिभिजनबिचको पुनः सम्झौता भएसँगै प्रसारण हुने भएको हो । नेपाल टेलिभिजनबाट राती ८ः५० कै समयमा प्रसारण हुने भद्रगोलका निर्देशक अर्जुन घिमिरेले आर्टिष्ट खबरलाई जानकारी दिए ।

‘आजबाट नियमित प्रसारणमा आउनेछ, केहिसमय प्रसारण रोकिएकोमा दर्शक महानुभाव बिच क्षमा माग्दछौं’ अर्जुनले भने । यस्तै अब युट्युवको राईट्स भने मिडिया हवले नै लिएको छ । नयाँ सम्झौता बमोजिम अब मिडिया हवकै अफिसियल युट्युव च्यानलबाट अपलोड हुनेछ । यो भन्दा अघि रामसार मिडियाबाट अपलोड हुँदै आएको थियो ।

भद्रगोल अर्जुन घिमिरे र कुमार कट्टेल र दीपक आचार्यको लेखनमा तयार हँदै आएको छ । निर्देशन भने अर्जुन र कुमारले गर्दै आएका छन् । सम्पादन रबिन भट्ट र राजेन्द्र महर्जनले गर्दै आएका छन् । हाँस्य प्रदान यो टेलिसिरियल पछिल्लो समयको नेपाली टेलिसिरियल मध्येकै चर्चित र लोकप्रिय सिरियल हो । टेलिभिजनमा प्रसारण भएसँगै युट्युवमा आएको १२ घण्टा नपुग्दै युट्युवको ट्रेन्डिङमा पर्दै पनि आएको छ ।

तस्बिर स्रोतः अर्जुन घिमिरेको फेसबुक