मोफसल टुरमा ‘इन्टु मिन्टु लण्डनमा’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

हाल चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ टिम मोफसल टुरका क्रममा इटहरी पुगेको छ । असोजको ५ गतेबाट प्रदर्शनमा आउने चलचित्र  ‘इन्टु मिन्टु लण्डनमा’ प्रर्दशन मिती नजिकिएसँगै यसको निर्माण टिम प्रचार प्रसारमा तिव्र गतीमा लागी रहेको छ । निर्माण टिम झापाको बिर्तामोड, दमक बिराटनगर, धरान हुँदै इटहरी आइपेगेको हो। शुक्रबार इन्टु मिन्टु लण्डनमा टिमले इटहरीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

अहिलेकी चर्चित हटकेक नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहको ठुला फया्न इटहरीको रिर्पोट क्लबमा आयोजना गरिएको कार्यक्रममा भेटिए । जस मध्येकी एक  इटहरीमा पेस्को मेकअप स्टुडियो सञ्चालन गर्दै आइरहेकी मनिता तामाङले साम्रज्ञी र उनको टिमलाई मायाको चिनो समेत बोकेर पत्रकार भेटघाट कार्यक्रम पुगेकी थिइन् । उनले साम्रज्ञी र टिमलाई मायाको चिनो हस्तान्तरण गर्दै उनलाई अंगालेर भावुक बनेकी थिइन् ।

सार्वजनिक गीत संगीत र ट्रेलरबाट अत्याधिक चर्चामा रहेको सिनेमालाई मोफसलका दर्शकबाट पाएको प्रतिक्रियाले आफुलाई सिनेमा सफल हुनेमा विश्वास बढेका निर्देशक रेनेशा वान्तवा राई बताइन् । सिनेमामा कथा भन्दा पनि मेकिङमा बढि मेहनत गरेको उनको भनाई छ ।

यता सिनेमाकी मुख्य पात्र इन्टुले आफु पहिलो पटक पुर्वी नेपालको टुरमा आएको बताइन । आफुलाई सिनेमाको कथा मन परेकाले काम गरेको भन्दै सिनेमाको प्रचार सामाग्री गीत संगीत र ट्रेलरबाट पाएको प्रतिक्रियाले अझ उत्साहित भएको उनको भनाइ छ ।

यस्तै  ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेव्यु गरेका नायक धिरज मगरले पनि पुर्वी नेपाल पहिलो पटक आएको बताए । आफुले पोखरा, काठमाडौं धेरै पटक घुमेको भएपनि पहिलो पटक ‘इन्टु मिन्टु लण्डनमा’  निर्माण टिमले नेपाल टुर गराएकोमा निर्देशक र टिमलाई धन्यबाद दिए । धिरजले भने आफुले इन्टु मिन्टु लण्डनमा बाट यती धेरै चर्चा पाउनेमा आजसम्म नसोचेको भन्दै यो चर्चा र सफलताले आगामी दिनमा आफुले अझ धेरै मेहनत गर्नु पर्ने चुनौती थपिएको सुनाए ।

चर्चित कोरियोग्राफरको रुपमा चिनिएकी रेनेशा वान्तवा राईले चलचित्र  ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेव्यु गर्दैछिन् । सिनेमामा साम्रज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राणा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । आइकोर सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शकसेर जबराले मिलेर निर्माण गरेका हुन् ।