आधुनिक देखी तीज गीत सम्म रमेशराज

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली गीतसंगीतमा सयौं गीतमा संगीत भरिसकेका छन् रमेशराज भट्टराईले । केहिबर्ष संगीतमात्रै भर्दै आएका रमेशराजका थुप्रै हिट गीत छन् । उनले दर्जनौं लोक तथा दोहोरी गीत पनि गाएका छन् । गीतपर्वमा पनि उनले नियमित गीत गाउँदै आएका छन् । यसबर्ष पनि उनले दुईवटा तीज गीत गाए ।  ‘गंगाको पानीमा’बोलको गीतमा उनीसँगै गायिका सम्झना भण्डारीको स्वर रहेको छ । यस्तै अर्को ‘कालो कोठी’ बोलको गीतमा रमेशसँगै गायिका पुर्णकला बिसीको स्वर छ । रमेशका दुबै गीतमा मौलिकता झल्किएको पाइन्छ । पछिल्लो समय कतिपय तीज गीतले बिकृती निम्त्याएको बेला रमेशले मौलिक पन भएका गीत गाउँदै आएका छन् ।

‘मलाई दुईदिन चल्नका लागी जस्तोपायो त्यस्तो गीत गाउन मन लाग्दैन, तीजगीत भनेपछि मोलिकता झल्किने हुनुपर्छ, त्यसैले बर्षेनी मैले गाउने गीतमा मौलिकपन हुन्छ’ रमेशले भने । यस्तै उनले तीज गीत भनिसकेपछि महिलाहरुले लगाउने रातो सारी, टिका लगायतका कुराहरु समावेश हुनुपर्ने बताउँछन् । उनका गीतमा पनि तीजमा महिलाहरुले प्रयोग गर्ने सामाग्रीका कुराहरुसमेत जोडिएको छ । ‘मेरा तीज गीत महिलाहरुले गर्ने क्रियाकलाप, लगाउने पोसाक, खानेकुरा लगायतका कुराहरुमा घुमिरहेका हुन्छन् । महिला दिदिबहिनीहरुलाई गीत सुन्दा पनि आफ्नै लागी बनाएको जस्तो हुनुपर्छ भन्ने मेरो भनाई हो’ रमेशले थपे । उनको यसबर्षको ‘गंगाको पानीमा’बोलको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र दुर्गेश थापाले नृत्य गरेका छन् भने ‘कालो कोठी’बोलको गीतमा मोडल जेम्स बिसी र आरुसी मगरले नृत्य गरेका छन् । दुबै भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् ।