आजबाट हलमा ‘साली कस्को भेनाको’

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

मुभीङ पिक्चर्स प्रालिद्धारा निर्मित नेपाली चलचित्र ‘साली कस्को भेनाको’ आजबाट नेपाली हलहरुमा प्रदर्शनमा आएको छ । भद्र भुजेल निर्देशीत यो चलचित्रमा साली र भेनाको जीवन भोगाइका बिबिध पक्षलाई उतारिएको निर्माण युनिटले जनाएको छ । प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रमा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ ‘बिशाल’), कमला भट्टराई, मुक्ति अधिकारीको लगानी छ । चलचित्रको कथा पुष्प आचार्यले लेखेका हुन् । चलचित्रमा पुष्प आचार्य, सुरज शाही ठकुरीको गीत रहेको छ भने संगीत प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानले भरेका छन् । दीर्घ गुरुङले खिचेको चलचित्र बनिष शाहले सम्पादन गरेका हुन् ।

चलचित्रमा विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, रबि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्रको बितरणको जिम्मा स्टेशन फाइभ र एफ.डि.कम्पनीले लिएको छ ।